logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रभाकरले प्रचण्ड छाेडे, पाैडेललाइ दिए ‘बधाई’


  • राजनीति
  • शुक्रबार, मंसिर ५ २०७७

पुर्व गृहमन्त्री तथा नेकपा नेता जनार्दन शर्माले आफू महासचिव विष्णु पौडेलले राखेको प्रस्तावको पक्षमा रहेको बताएका छन्। पाैडेलले सचिवालय कामकाजी नभएको भन्दै खारेज गर्नुपर्ने वा सबै ले राजिनामा दिनुपर्ने प्रस्ताव राखेका थिए । शर्माले पार्टीका महासचिव विष्णु पौडेलमार्फत सचिवालय बैठकमा आम कार्यकर्ताको भावना व्यक्त भएको बताएका छन्। शर्माले सामाजिक सन्जाल मार्फत आफ्नाे धारणा सार्वजनिक गरेपछि उनी अर्का अध्यक्ष प्रचण्डलाई छाेड्ने अनुमान लाग्न थालेकाे छ ।

अध्यक्ष प्रचण्डलाई पुर्व एमाले नेताहरु झलनाथ खनाल माधव नेपाल लगायतले सपाेट गरिरहदा पुर्व माओवादी नेताहरु भने कुनै न कुनै हिसावले प्रचण्डकाे साथ छाेडिरहेका छन् । प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्षकाे उक्त प्रस्ताव महासचिव बिष्णु पाैडेलद्वारा सचिवालयमा माैखिक प्रस्ताव काे रुपमा पेश भएको थियाे ।

नेता शर्माकाे ट्विट

पार्टी सचिवालय बैठकमा पौडेलले आफूहरू असफल भएकोले सामूहिक राजीनामा गर्न प्रस्ताव गरेका थिए। उनले भनेका थिए, ‘हामीले सरकार पनि चलाउन सकेनौं। पार्टी पनि चलाउन सकेनौं। यसरी चलाउनुभन्दा सामूहिक राजीनामा दिऊँ। नयाँ पुस्तालाई हस्तान्तरण गरौँ।’ पार्टीको सचिवालय कमिटीले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेकोले यसको भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको पौडेको भनाई छ।

महासचिव पौडेलको उक्त प्रस्तावको पक्षमा संस्थागत रूपमा बोल्न आवश्यक रहेको नेता शर्माको भनाई छ। शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सचिवालयमा पार्टीका आम कार्यकर्ताको भावना हिजो पहिलो पटक व्यक्त भयो। महासचिव कमरेडलाई धन्यवाद। बाँकी सबै सत्य संस्थागत रूपमा बोल्न जरुरी छ। अब ढुंगामाथि पानी पर्‍यो रुझ्यो मात्र भिजेन……… सँग कुरा गर्‍यो सुन्यो मात्र बुझेन को अवस्था अन्त हुनेछ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार