logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाण्डेमाथी आक्रमण गर्नेलाई कार्वाही गर्न नेपालकाे माग


  • राजनीति
  • शनिबार, मंसिर ६ २०७७

नेकपा नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगरमा भएको अभद्र व्यवहारको वरिष्ठ नेता माधवकुमार नेपालले भत्सर्ना गरेका छन् ।

नेता पाण्डेमाथि शनिबार नगरको बैठकमा सहभागी भएर मन्तव्य राखिरहेका बेला अनाधिकृत रूपमा प्रवेश गरेका व्यक्तिहरूले सुनियोजित रूपमा अभद्र व्यवहार देखाउनुका साथै नाराबाजी समेत गरेका थिए । उक्त घटनाको वरिष्ठ नेता नेपालले भर्तस्ना र निन्दा गरेका हु्न् ।

‘हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’, नेता नेपालले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।
त्यस्तै नेता नेपालले उक्त कार्य गराउने जोसुुकै भएपनि छानविन गरी कडा कारवाही गर्न सम्बन्धित सवैको ध्यानाकर्षण गराएका छन् ।

‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु’, नेता नेपालले ध्यानाकर्षण गराएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार