राजनीति
सम्पादकीय बिशेष
टुट फुट र विभाजन कम्युनिस्ट आन्दोलनकाे मुल प्रवाह जस्ताे ठानिएको नेपाली कम्युनिस्ट आन्दोलन काे ७० बर्षे इतिहास निकै उतारचढाव का बिच अगाडि बढेकाे छ । याे लामाे श्रखलामा माओवादी आन्दोलन बाट आएको शक्तिहरु मा मुलुक काे ध्यान बढी छ । प्रचण्डले नेतृत्व गरेको तत्कालीन नेकपा माओवादी अहिले बिभन्न समुहमा बिभाजित छ । प्रचण्ड काे नेतृत्वमा एमालेसंग बिलय, बाबुरामकाे मालेमाबाद परित्याग क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका गंभिर बिचलनका परिघटना हुन् । यता माेहन वैध काे नेतृत्वमा रहेकाे पार्टीबाट केही आसा रहेपनि अपेक्षाकृत गती लिन सकेन भने विप्लव नेतृत्वको नेकपा गठन भएको पनि आज ७ बर्ष भयाे । आन्तरिक खिचातानी बिचारमा बहस तथा अन्तरसम्बन्ध का नाममा कम्युनिस्ट पार्टी भित्र हुने बैचारिक बैमानी वा अन्तरघातले कुनै पार्टी जनताले अपेक्षा गरेको गतिमा अघि बढ्न नसकेकाे घाम झै छ ।
आज मंसिर ८ तत्कालीन नेकपा ( माओवादी ) ले जनमुक्ति सेनाकाे घाेषणा गरेको दिन, त्यहि दिनलाई नेत्र विक्रम चन्द विप्लवकाे नेतृत्वमा पार्टी पुनर्गठन भएको दिन नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको दिन मङ्सिर ८ गते अर्थात आज सातौँ पार्टी पुनर्गठन दिवस देशभर उत्सवकाे रूपमा मनाइदैछ ।
एकीकृत जनक्रान्तिकाे झण्डालाई उच्च पाराैँ! सातौँ पार्टी पुनर्गठन दिवस भव्य रूपले मनाऔँ!! भन्ने मूल नाराका साथ मंसिर ६ गतेदेखि देशव्यापी ब्यानर, झण्डा र पाेष्टर र काेणसभामार्फत प्रचारप्रसार हुदै अाज देशभर जिल्ला जिल्लामा उत्सवकाे रूपमा साताैँ पार्टी पुनर्गठन दिवस मनाउन लागिएको छ ।
नेपालमा दस वर्षसम्म चलेको महान् जनयुद्धका उपलब्धीहरूलाई धराशायी बनाउने गरी जनयुद्धको मूल नेतृत्व वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक रूपले पतनको दिशामा गएपछि २०६९ सालमा क्रान्तिकारीहरूको पहलमा नयाँ पार्टी नेकपा–माओवादी गठन गरिएको थियो । प्रचण्ड–बाबुरामले जनयुद्धको जहाजलाई सुरक्षित अवतरण गराउन नसकेर संसदीय भासमा डुबाएपछि मोहन वैद्य ‘किरण’ को नेतृत्वमा ठूलो हिस्साले विद्रोह गर्दै नयाँ पार्टी निर्माणको घोषणा गर्यो तर पुरानै विचार र प्रवृत्तिको निरन्तरता देखिएको भन्दै कमरेड विप्लवको नेतृत्वमा २०७१ साल मङ्सिर ८ गते क्रान्तिविरोधी प्रवृत्तिसँग सम्बन्धविच्छेद गर्दै फेरि नयाँ पार्टी नेकपा माओवादी गठन गरेको थियो ।
त्यसको एक वर्षपछि २०७३ साल भदौ ७ गते कम्युनिस्ट न्युक्लियससँग भएको क्रान्तिकारी ध्रुवीकरणपछि नेकपा (माओवादी) बनेको थियो । थबाङमा सम्पन्न भएको ऐतिहासिक आठौँ महाधिवेशनपछि यो पार्टी नेपाल कम्युनिस्ट पार्टीका रूपमा अघि बढिरहेको छ । नेत्र बिक्रम चन्द विप्लवको नेतृत्वमा क्रान्तिकारी आन्दोलनको नयाँ पहल गरिएको दिन मङ्सिर ८ गते ७ वर्ष हुँदैछ ।
मङ्सिर ८ नेपालको क्रान्तिकारी आन्दोलनमा देखिएका अनेकौँ उतारचढावहरूका बीचमा क्रान्तिकारीहरूले नयाँ पहलको सुरुआत गरेको ऐतिहासिक दिन हो भने अर्कोतिर तत्कालीन माओवादीले जनमुक्ति सेना गठन गरेर ठूलाठूला सैनिक ब्यारेकहरूमाथि हमला सुरु गरेको ऐतिहासिक दिन पनि हो । नेकपाका महासचिव विप्लवका अनुसार आत्मसमर्पणवादी, विसर्जनवादी र पुँजीवादीहरूको हमलामा परेर माओवादी पार्टी विसर्जनको दिशामा पुगेपछि नेकपाको नेतृत्वमा नयाँ पहल गरिएको दिन हो मङ्सिर ८ गते । यो एक ऐतिहासिक वीरता, बलिदानको सन्दर्भ र अवसरको दिन पनि हो ।
पार्टी पुनर्गठनका ७ वर्षका बीचमा नेकपाभित्र निकै ठूला उथलपुथलहरू पनि भएका छन् । यो अवधिमा पार्टीभित्रका कैयौँ गद्दारहरू पार्टीबाट बाहिरिएका छन् भने कैयौँ क्रान्तिकारीहरू यो पार्टीमा समाहित भएका छन् । यो अवधिमा नेकपाका १ दर्जन हाराहारी नेता–कार्यकर्ताहरूको बलिदान भैसकेको छ भने सयौँ नेता–कार्यकर्ता जेल र हिरासतमा छन् । पार्टीको आठौँ महाधिवेशन काठमाडौँमा उद्घाटन भएर थबाङमा बन्दसत्र र लिबाङमा घोषणासभा सम्पन्न गर्दै सम्पन्न एको थियो । महाधिवेशनपछि नेकपा अझै सशक्त भएर सबैखाले शोषण, दमन र उत्पीडनका विरुद्ध एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु नेपालको आवश्यकता भएको निष्कर्षसहित अघि बढिरहेको छ । नेकपाले गरेका लोकप्रिय कामहरूबाट अत्तालिएको सरकारले लगाएको प्रतिबन्धको सामना गरिरहेको पनि २ वर्ष पुग्नै लागेको छ तर सरकारले जतिसुकै दमन, धरपकड, गिरफ्तार, जेल, नेल, यातनाजस्ता हर्कत अपनाए पनि विद्रोही नेकपा यो देशको सशक्त वैकल्पिक र क्रान्तिकारी शक्तिका रूपमा जनताको आशा र भरोसाको केन्द्र बन्दै अघि बढिरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टीले यसअघि नै यहीँ पार्टीको सातौँ पुनर्गठन दिवस देशव्यापी रूपमा तीन दिनसम्म भव्य कार्यक्रम गरी मनाइने निर्णय गरेअनुरूप मङ्सिर ६, ७ र ८ गते देशव्यापी रूपमा प्रचारप्रसार, वालपेन्टिङ, जुलुस, सभाहरू र उत्सव आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाइदैछ ।
केपी वली सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको दुई वर्ष पुग्न लागेको पूर्वसन्ध्यामा मनाइन लागेको पार्टी पुनर्गठन दिवसमा सरकारी अत्याचार, दमन, भ्रष्टाचार, कमिसन, घुसखोरीको भण्डाफोर गर्नुका साथै जनताको घरघरसम्म पुगेर राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि आएको सङ्कट समाधानका लागि एकीकृत जनक्रान्तिको अत्यावश्यकताका विषयहरू झन् तीव्र रूपमा उठाइनेछ ।
माओवादीको खरानीबाट ६ वर्षअगाडि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेको भन्दै जनताले आफ्नो मुक्ति, देशको स्वाधीनता र वैज्ञानिक समाजवादी सभ्यताको नेतृत्व, साधन र दस्ता प्राप्त गरेको बताएका छन् । पार्टी पुनर्गठन हुनु ऐतिहासिक महत्वको क्षण भएको र यसैको नेतृत्वमा एकीकृत जनक्रान्ति अघि बढिरहेको भन्दै यसलाई दमनले रोक्न नसक्ने महासचिव विप्लवको भनाइ छ ।
नेपाली राजनीतिक रङमन्चमा जवरजस्त आएको तत्कालीन माओवादीले जनताको सेना बिना जनतालाइ घिनलाग्दो सासन ब्यवस्थाबाट मुक्त गर्न सकिदैन भन्ने निष्कर्ष सहित जनमुक्ति सेना गठन गरेको दिन हो । जसलाइ राजनीतिक आखा बाट हेर्दा अति बलशाली मानिन्छ । तर एक दुर्भाग्यपूर्ण तत्कालीन माओवादीको मुल नेतृत्वको राजनीतिक बैचारिक र संगठनात्मक ढंगले लगभग बिचलन र हराउने अवस्थामा पुगेको बेला नेत्र बिक्रम चन्द विप्लव नेतृत्वले क्रान्तिका नयाँ कार्यभार बहन गर्ने आट साहस र दृढता बिश्व कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिमा एक नया स्कुलको रुपमा स्थापित हुदै गैरहेको प्रतित हुन्छ ।