logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनावमा रहेका ओली एकाएक पुगे घुन्सा ?


  • राजनीति
  • सोमबार, मंसिर ८ २०७७

प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा आइपुगेका छन्। घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न सोमबार हिमाली गाउँ घुन्सा आएका हुन्।घुन्सावासीले ओलीलाई स्वागत गरेका छन्।

फाउन्डेसनले देश विदेशबाट रकम सङ्कलन गरेर भवन निर्माण गरेको फाउन्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले बताइन्। प्रधानमन्त्री ओलीसँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगेश भट्टराई पनि आएका छन्।

घुन्सा कञ्चनजंघा हिमालको काखमा रहेको हिमालि बस्ती हो। प्रधानमन्त्री आएपछि यहाँ विकासले गति लिने र पर्यटन प्रवर्द्धन हुनेमा स्थानीय आशावादी छन्। यसका साथै यहाँका बासिन्दाले स्थायी स्वास्थ्य चौकीको माग गरेको स्थानीय दिपक शेर्पाले बताए ।

घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ। यसअघि कात्तिक २६ गते बीओपीको निरीक्षण गर्न प्रधानमन्त्री ओलीले संखुवासभा गएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार