logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

पार्टी फुटाउने मुडमा ओली, बहुमतको निर्णय मान्दै नमान्ने


  • राजनीति
  • मंगलबार, मंसिर १६ २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकका लागि दुवै पक्ष अन्तिम तयारीमा छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु दुवै पक्ष पछाडि नहट्ने अडानका साथ बैठकमा प्रस्तुत हुने मनस्थितिमा देखिन्छन् ।

गत कात्तिक २८ गते अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा ओलीलाई दर्जनभन्दा बढी आरोप लगाइएको थियो । ओलीले त्यसको प्रतिवाद बैठकमै दस्तावेजमार्फत् गर्ने बताइसकेका छन् ।

३८ पृष्ठको दस्तावेज तयारीका लागि प्रधानमन्त्री ओलीका लागि प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतका नेताहरू खटिएका थिए । विश्वस्त स्रोतले जानकारीअनुसार ओलीले तयार गेरको प्रस्तावमा शान्ति प्रक्रियामा नआउँदैदेखिको प्रचण्डको पृष्ठभूमिसमेतलाई कोट्याइएको छ ।

शनिवारको सचिवालय बैठकमा ओलीले आफ्नो तर्फबाट पेश गर्ने दस्तावेजसहित यसअघि पेश भइसकेका पत्रहरू र अन्य डकुमेन्टका बारेमा छलफल हुनेछ । प्रचण्डले ओलीलाई लगाएका दर्जन बढी आरोप र ओलीले प्रचण्डलाई दिएको जवाफका बारेमा हुने छलफल रोचक हुने अनुमान गर्न सकिन्छ ।

यस्तो छ विवादमा नयाँ मोड

सचिवालय बैठकमा पेश गरिएका पत्र र दस्तावेजहरू प्रचण्ड(नेपाल पक्षले एकातर्फी रूपमा बूकलेट बनाएर तलसम्म पुर्‍याएको भन्दै ओली पक्षले आपत्ति जनाएको छ । पार्टीको लोगो दुरुपयोग भएको र पार्टी विभाजनका लागि औपचारिक कदम चालेको भन्दै ओली पक्षले आपत्ति जनाएको हो ।

उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रचण्ड(नेपाल पक्षको यस्तो कदमले पार्टीभित्र गरिएको सहमतिको प्रयासमै खलल पुगेको टिप्पणी गरेका छन् ।

लोकान्तरसँग कुरा गर्दै पोखरेलले भने, यस्तो क्रियाकलाप अत्यन्त गलत र आपत्तिजनक छ । जो-जहाँबाट भएको भए पनि तत्काल रोकिनुपर्छ । यसले पार्टीभित्र भएको विवाद समाधानको प्रयासमै खलल पुर्‍याएको छ ।

यद्यपि ओलीले तयार पारेको प्रस्तावमा यसको बारेमा पनि प्रश्न गरिएको छ । स्रोतले दिएको जानकारीअनुसार ओलीले प्रस्तावमा लेखेका छन् ( तपाईंको प्रस्ताव राजनीतिक प्रस्ताव होइन, अभियोगपत्र हो । यसलाई अघि सारेर तपाईले पार्टी विभाजनको औपचारिक घोषणा गर्नुभएको छ । तपाईंको आरोपपत्र हातहातमा बोकेर विपक्षी हिँड्न थालेका छन् । उनीहरू दंग होलान्, नेकपालाई खुइल्याउन हामीले केही गर्नुनपर्ने भनेर ।

ओलीको सम्भावित कदम

राजनीतिक वृत्त मात्र नभएर नेकपा कार्यकर्ता र आम जनताले भोलि बस्ने सचिवालय बैठकलाई निकै चासोका साथ हेरेका छन् । बैठकमा सहमति नभए के होला रु भन्ने प्रश्न अहिलेको आम प्रश्न हो ।

ओली पक्षले बैठकले बहुमतका आधारमा निर्णय गर्‍यो भने पार्टी फूटका लागि त्यही निर्णायक बिन्दू हुने चेतावनी दिइसकेको छ । तर ओली सहमतिमा नआए बहुमतकै भरमा ओलीलाई पेलेर अघि बढ्ने दृढता प्रचण्ड(नेपाल समूहले पनि देखाएको छ ।

प्रवक्ता श्रेष्ठ भन्छन् (पार्टी विभाजन कुनै हालतमा हुँदैन । बैठक पनि निर्णयविहीन हुँदैन । यदि सहमति हुन सकेन भने कम्युनिस्ट पार्टीको विधि विधान र पद्धतिअनुसार बहुमतबाट नै पार्टी अघि बढ्नुपर्ने हुन्छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार