logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

ओलीकाे फेरियाे रणनीति, यस्तो छ तयारी


  • राजनीति
  • बिहिबार, मंसिर २५ २०७७

सत्तारूढ दल नेकपाका अध्यक्षद्वयबीच हिजो बालुवाटारमा सहमतिको लागि भएको भनिएको वार्ता असहमतिमै टुंगिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठकमा १९ पृष्ठको प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएको ३८ पृष्ठ लामो जवाफी पत्र छलफलको लागि अहिले स्थायी समितिमा पुगेको छ । २८ गते अर्थात आगामी आइतबारलाई बोलाईएको समितिको बैठकअघि सहमति गर्नेगरी बालुवाटारले बनाएको योजनाअन्तर्गत हिजो भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विगतदेखि भन्दै आए झैं ‘आफूले केहि पनि नछाड्ने,बहुमतको नाममा कुनै कारबाही वा प्रक्रिया अघि बढाइयो भने आफू पनि चुप लागेर नबस्ने बरु सकेको गर्ने’ बताएका थिए । पार्टीभित्रको समस्या चुलिएर पोखिने बेलामा पनि प्रधानमन्त्रीमा समाधानको लागि कुनै सकारात्मक पहल,भावना वा लचकता नै नदेखिएको बताइन्छ । उहाँले हिजो पनि ‘धम्कीको भाषा’ मात्रै व्यक्त गरेकाे खुमलटार स्रोतले बताएको छ ।

जवाफमा प्रचण्डले ‘आफू सँधै एकताको पक्षमा रहेको बताउँदै पार्टीको पद्धतिभित्र छिरेका विषय र विवादलाई अब बिधि र प्रक्रियाबाट सल्ट्याउनुपर्ने’ बताएका थिए । विगतमा सचिवालय सदस्यहरूले झैँ अहिले स्थायी कमिटीका विशेषगरी खुमलटार निकट भनिएका हरिबोल गजुरेल र टोपबहादुर रायमाझीहरूले दुईजना अध्यक्षबीच सहमतिको पहल गर्दै भेटघाटको लागि बालुवाटारलाई सुझाएको स्रोतको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार