logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दाहाल – नेपाल गुटको भेला पेरिस डाँडामा, फुटको घोषणा गर्दै !


  • राजनीति
  • शुक्रबार, पुष ३ २०७७

निकै बिवादको भुमरीमा फसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिएको बेला गुट भेलाहरुले तिब्रता लिएको छ ।

आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रदेश १ का जिल्ला अध्यक्ष तथा सचिवहरुलाई छलफलका लागि बोलाइएको छ । दिउँसो १ बजेपछि बस्ने सो भेलामा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल निकट नेताहरु सहभागी हुने बताइएको छ ।

सो भेलामा ओली निकट नेताहरुलाई बोलाइएको छैन । पेरिसडाँडा स्रोतका अनुसार पार्टीमा देखिएको आन्तरिक विवादको बारेमा स्पष्ट पार्नका लागि नेताहरुसँग छलफल गर्न लागिएको हो । सो भेलालाई अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगाका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा सरकारलाई एकलौटी ढंगबाट सञ्चालन गर्न थालेको आरोप प्रचण्ड पक्षको रहेको छ ।

पछिल्लो विवाद अध्यादेशलाई लिएर रहेको छ । संवैधानिक परिषद् सञ्चालनका लागि ल्याइएको अध्यादेशमाथि प्रचण्डले आपत्ति जनाएका थिए । आपत्ति जनाएपछि त्यसलाई फिर्ता लिने प्रधानमन्त्री अ‍ोलीले सहमति जनाएका थिए । त्यसका लागि संसदीय अधिवेशन बोलाउन संकलन गरिएको हस्ताक्षर पनि फिर्ता लिनुपर्ने प्रधानमन्त्री अ‍ोलीको सर्त थियो । प्रचण्डले हस्ताक्षर फिर्ता लिन लगाएपनि प्रधानमन्त्री अ‍ोलीले अझै अध्यादेश फिर्ता लिएका छैनन् । सहमति विपरीत हिजो संवैधानिक परिषदेको बैठक बोलाएपछि प्रचण्डले आपत्ति जनाएका थिए । त्यसपछि मात्र प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार