logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

बालुवाटारमा गाेप्य सहमति !


  • राजनीति
  • शनिबार, पुष ४ २०७७

आज साँझ प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । साँझ प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्नेबारे कुरा भएको बताईएको छ । तर केही सहमति भयो वा भएन भन्ने केही खुलाईएको छैन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ दुई नेताबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

संयोजक सापकोटाले दुई नेताबीच भएको छलफल र विषयबस्तुबारे आफुलाई थाहा नभएको जनाए ।

बालुवाटार स्रोतका अनुसार दुई नेताबीच अध्यादेशकै विषयमा छलफल भएपनि कस्तो सहमति भयो भन्ने खुलेको छैन ।

नेकपामा पुराना विवाद कायमै रहेका बेला अध्यादेश प्रकरण थपिएपछि थप विवाद चुलिएको छ । गत बुधबार बसेको स्थायी समिति बैठकले प्रधानमन्त्रीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश फिर्ता गर्ने भनेपनि फिर्ता गरेका छैनन् ।

आजै नेकपाका दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । तीन नेताबीच शुक्रबार अपराह्न भेट भएको हो । भेटमा अध्यादेश प्रकरण र समसामयिक विषयमा छलफल भएको बताइएको छ । त्यसैगरी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पटकपटक भएको भेट शंकास्पद भएको भन्दै दाहाल र नेपालले पौडेलसँग चासो राखेको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार