logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालुवाटारमा ओली पक्षिय बैठक सुरु, किन गएनन बादल ?


  • राजनीति
  • सोमबार, पुष ६ २०७७

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् ।

लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन् ।

संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

आजै प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरुको अलग्गै बैठक बोलाएका छन् ।

नेकपा ५ टुक्रा हुँदै, कुन गुटमा कति ? हेर्नुस् (नामसहित)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी विभाजनको घोषणा हुन मात्र बाँकी छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि गुटहरुको छुट्टै भेला र फरक धारणाहरु सार्वजनिक हुन थालेका छन् ।

ओलीको कदमको केहीले विरोध गरेका छन् भने केहीले विरोध गरेजस्तो मात्र गरेका छन् । ओली गुटका प्रभावशाली नेताहरुले प्रतिनिधिसभा बिघटनको कदमलाई परिस्थितिजन्य भनेका छन् ।

बालुवाटारमा ओलीले आफ्नो पक्षका बिघटित प्रतिनिधिसभाका सांसदहरुको छुट्टै भेला राखेका छन् । भेलामा सचिवालयका इश्वर पोखरेल र विष्णु पौडेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्व माओवादी नेता समेत रहेका आपूर्तिमन्त्री लेखराज भट्ट सहभागी भए । ओलीको भेलामा ७० जना जति निवर्तमान सांसद सहभागी भए ।

ओली निकट बनेका गृहमन्त्री रामबहादुर थापा बादलको अलग्गै गुट छ । उनी खुलेर कसैको पक्षमा लागेका छैनन् । तर, मन्त्रीबाट राजीनामा नदिएकाले ओली गुटमै रहेको बुझाई धेरैको छ । तर, बादलले आज पुल्चोकस्थित मन्त्री क्वार्टरमा छुट्टै भेला राखे । भेलामा उनले आफू निकटस्थ केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् ।

नेकपाको अर्को बलियो गुट कार्यकारी अध्यक्ष प्रचण्डको हो । उनको गुटमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाश छन् । स्थायी कमिटी सदस्यहरु वर्षमान पुन, जर्नादन शर्मा, देव गुरुङ, पम्फा भुषाललगायत यो गुटमा खुलेर सक्रिय छन् ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको पनि आफ्नै गुट छ । यो गुटमा स्थायी कमिटी सदस्यहरु भीम रावल, गोकर्ण बिष्ट, योगेश भट्टराई, वेदुराम भुषाल, रघुजी पन्त समेत छन् नेपाल ओलीविरुद्ध कडा रुपमा उभिदै आएका छन् ।

नेकपा उपाध्यक्ष वामदेवको पनि आफ्नै गुट छ । उनी पार्टी विवादमा कुनै पनि समूहको भेलामा सहभागी भएका छैनन् । बरु उनले आफूलाई समन्वयकारीको भूमिकामा राखेका छन् । वामदेवको गुट पछिल्लो समय कमजोर छ । उनीसँग घनश्याम भुषाल नजिक मानिन्छन् ।

नेकपाभित्र झलनाथ खनाल पनि शक्तिशाली छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले आफ्नो अलग गुट कहिले बनाएनन् । उनी अहिले प्रचण्ड र माधव नेपालसहितको समूहमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार