logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

प्रचण्ड समुहको बैठकमा कडा सुरक्षा [तस्वीर सहित ]


  • राजनीति
  • मंगलबार, पुष ७ २०७७

नेकपाभित्रको विवादका कारण दुई समूहले आज समानान्तर केन्द्रीय समिति बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा बसिरहेको छ भने कार्यकारी अध्यक्ष प्रचण्ड समूहको बैठक कार्की ब्याङकेटमा राखिएको छ । कार्की ब्याङकेटमा केहीबेरमै सुरु हुने बैठकको लागि अहिले नेताहरु पुग्ने क्रम सुरु भइसकेको छ ।

बैठकमा ओली इतर समूहको सहभागिता रहनेछ भने बैठक स्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार