logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ओली सरकार कुन पार्टीको हो प्रष्टता चाहियो : डा. बाबुराम भट्टराई


  • राजनीति
  • बुधबार, पुष ८ २०७७

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान सरकार कुन पार्टीको हो नेकपाले छिटो प्रष्ट पार्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल गरेका भट्टराईले त्यसलगत्तै यो सरकार कुन पार्टीको हो नेकपाले प्रष्ट पार्नुपर्ने बताएका हुन्।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आइतबार नेकपा, जसपासहित दलको बैठक बसेको थियो। भट्टराईका अनुसार उक्त बैठकमा प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश रहेको निष्कर्ष निकालिएको छ।

‘नेकपा, नेपाली कांग्रेस र जनता समाजवादीका शीर्ष नेता कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसियो। प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश रहेको ठहर गरियो,’ बैठकबारे जानकारी दिँदै भट्टराईले भनेका छन्।

प्रमुख प्रतिपक्षी कांग्रेससहित दलहरू प्रधानमन्त्री ओलीको कदमविरूद्ध सडक संघर्षमा उत्रिने तयारीमा छन्। भट्टराईले पनि यो संकेत गर्दै भनेका छन्, ‘यसकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरियो। यो सरकार अब कुन पार्टीको हो नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरियो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार