logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

प्रचण्ड संसदिय दलकाे नेता चयन


  • राजनीति
  • बुधबार, पुष ८ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेकपा संसदीय दलको नेता हुन अयोग्य रहेको बताएका छन् । बुधबार बानेश्वरमा आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् । त्यसपछि उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेका थियाे ।

यसअघि उनले ओलीले देशप्रति गरेको घात प्रतिघातप्रति आत्मालोचना गरे उनीमाथि गरेको कारवाही फिर्ता लिन सकिने बताए । साथै नेपालले पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुलाई पार्टी एकताको पक्षमा उभिन आग्रह गरे ।

दलको बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ११५ जना सांसद सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार