logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

माक्र्सवादी चिन्तक स्वनाम साथिको निधन


  • राजनीति
  • शुक्रबार, पुष १० २०७७

कम्युनिस्ट चिन्तक एब नेकपाका नेता स्वनाम साथीको निधन भएको छ। कोभिड-१९ लगायतका अन्य दीर्घरोगबाट ग्रसित नेता स्वनामको शुक्रबार साँझ निधन भएको नेकपा नेता मातृका पोखरेलले जानकारी दिए।

नेकपा (चौम) देखि नै सक्रिय राजनीतिमा रहेका साथी नेकपा मसाल, नेकपा एकता(केन्द्र, नेपाल मसाल, नेकपा (माओवादी) हुँदै नेकपामा सक्रिय थिए। नेकपाका बौद्धिक र इमान्दार छविका नेता स्वनामको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो।

पछिल्लोसमय एमसीसी खारेज अभियानमा सक्रिय नेता स्वनाम वामपन्थी जनमतका अभिभावक थिए। उनको निधनले नेपालको कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार