logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चैनपुरको भिडन्त फर्जी, राज्यले एकतर्फी दमन गर्यो : नेकपा


  • राजनीति
  • आइतबार, पुष १२ २०७७

संखुवासभाको चैनपुर नगरपालिका-४ मैदानेमा गस्तीमा गएको प्रहरीको टोलीमाथि गोली प्रहार गरिएको भनेर आएका समाचार निराधार भएको नेकपा बताएको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै काठमाडौँ : विद्रोही नेकपाका प्रवक्ता प्रकाण्डले सखुवासभामा दोहोरो भिडन्त हल्ला फिंजाई सरकारले सर्वसाधारणमाथि द’मन चलाएको भन्दै यस्तो कार्य जारी राखिए प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

प्रकाण्डले विज्ञप्ति जारी गर्दै जिल्लाको चैनपुर नपा ४ मैदानेमा पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको र सेक्रेटरी राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको भन्दै आ’क्रोश पनि व्यक्त गरेका छन् ।

प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ,आज सखुवासभा जिल्लाको चैनपुर नपा ४ मैदानेमा हाम्रो पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको छ । हाम्रो पार्टी यस किसिमको ज्यादतीपूर्ण कार्यको घोर निन्दा र भत्र्सना गर्दछ । साथै उक्त घटनालाई दोहोरो भि’डन्त भएको दाबी र समाचारको पनि खण्डन गर्दछ । यसरी नक्कली भि’डन्तको आवरणमा सर्वसाधारणमाथि दम’न चलाउने कार्य असाध्यै निन्दनीय छ । ‘

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशको वर्तमान संवेदनशील अवस्थाको गहन विश्लेषण र नयाँ नीति तर्जुमा गर्नेबारे अध्ययन भइरहेको स्थितिमा भएको यस घटनाले पार्टीलाई गम्भीर बनाएको छ । सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने , उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गरिने विषयसमेत सम्बन्धित सबैमा जानकारी गराउँछौँ । ‘ विज्ञप्तिको पूर्णपाठ …

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार