logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्ड माधव समुहकाे महासचिवमा पाण्डे


  • राजनीति
  • बिहिबार, पुष १६ २०७७

नेकपाको दाहाल नेपाल समूहले सुरेन्द्र पाण्डेलाई पार्टीमा महासचिवको जिम्मेवारी दिने तयारी गरेको छ ।

पार्टीभित्र शक्ति सन्तुलन कायम गर्न वरिष्ठ नेता झलनाथ खनालका तर्फबाट पाण्डेलाई महासचिव बनाउन लागिएको हो । पुष्पकमल दाहाल र माधव नेपाल अध्यक्ष भएपछि महासचिव खनाल पक्षलाई बनाउने तयारी भएको हो ।

यसकालागि दाहाल नेपाल समूहमा शीर्ष तहको बैठक आज बस्दैछ । पार्टीको नयाँ संगठनात्मक संरचना बनाउने विषयमा आजको बैठकमा छलफल हुने बरिष्ठ नेता खनालले बताउनुभयो । उहाँले भन्नुभयो, आन्दोलनको समिक्षा, आगामी रणनीति र केन्द्रदेखि तल्ला कमिटीसम्मै संगठनात्मक संरचना मिलाउने विषयमा शीर्ष तहमा आज छलफल हुने भनिएपनि समय निश्चित भइसकेको छैन ।

महासचिवमा जनार्दन शर्मा, बर्षमान पुनको पनि दावी छ । नेकपामा पार्टी फुटको दुवै पक्षले औपचारिक घोषणा नगरेपनि भ्रातृ संगठनहरुलाई आफु केन्द्रीत गर्ने प्रयास जारी छ । पार्टी एकताले मूर्त रुप नपाउँदै फुटेपछि नेता कार्यकर्ताहरु तानातानमा परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार