logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा सुप अध्यक्ष थापामाथी कार्वाही !


  • राजनीति
  • शनिबार, पुष १८ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले पार्टीका प्रदेश अध्यक्ष कर्ण थापालाई पदबाट हटाउन पार्टी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रवार धनगढीमा भएको प्रदेश कमिटीको चौथो बैठकले उक्त निर्णय गरेको निर्णय सार्वजनिक गर्दै शनिवार प्रदेश इन्चार्ज भीम रावलले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिए। थापाले पार्टीको एकता र हितविरुद्ध गएर अनुशासनहीन काम गरेकोले पार्टीको विधानअनुसार कारबाही गरिएको रावलले जानकारी दिए।

रिक्त रहने उक्त अध्यक्ष पदमा कसलाई राख्ने भन्ने विषयमा समेत छलफल शुरु भइसकेको उनले बताए। उक्त बैठकले पार्टीका कैलाली अध्यक्ष रतन थापालाई पनि पदबाट हटाउन सिफारिस गर्ने निर्णय गरेको छ। त्यस्तै, प्रदेश कमिटीका सदस्य महेश पन्तलाई प्रदेश कमिटीको पदबाट मुक्त गर्ने र सदस्यता छ महिनाका लागि निलम्बन गरिएको रावलले बताए। उनीहरूले पनि पार्टीको विधि र नीतिविपरीत काम गरेको बताइएको छ।

पत्रकार सम्मेलनका क्रममा नेता रावलले प्रधानमन्त्रीका कारण नेपालको परराष्ट्र मामलामा अनावश्यक अन्तर्राष्ट्रिय चासो देखिन थालेकाले त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार