logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पुर्व जनमुक्ति सेनाका डिभिजन कमान्डर सुटुक्क बालुवाटारमा


  • राजनीति
  • बुधबार, पुष २९ २०७७

प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटेका छन् । उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए । गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा प्रधानमन्त्रीसम्म पुगेका उनै खामले ओलीलाई आफ्ना माग तेस्र्याएर प्रधानमन्त्रीको धनगढीको कार्यक्रमको तयारीमा कार्यकर्ता जुटाउने र थप जिम्मेवारीसहित पश्चिम नेपालतिर हिँडेका थिए । उनले प्रधानमन्त्रीसमक्ष चार वटा माग राखेर अहिलेको अवस्थामा द्वन्द्वपीडितको मन तान्न सकिने र पूर्वमाओवादीलाई आफ्नो खेमामा कस्न सकिने आश्वासन दिलाएका छन् ।

खामले बालुवाटारमा प्रधानमन्त्रीसँग जनयुद्ध र जनआ’न्दोलनका सहिद परिवारलाई प्रतिपरिवार एक लाख थप्न माग गरेका छन् । यसले गर्दा यसअघि प्रतिपरिवार १० लाख पाइसकेका पीडितका आफन्त वर्तमान सरकारप्रति आकर्षित हुने उनको आकलन छ । त्यसैगरी जनयु’द्ध, ज’नआन्दोलनका घा’इते र अपांगता भएकाहरूलाई परिचयपत्र र जुनसुकै बेला पनि निःशुल्क उपचारको व्यवस्था गर्न खामको अर्को माग छ । जनमुक्ति सेना नेपालका सबै कमाण्डर सदस्यहरूलाई राष्ट्रिय मान्यताप्राप्त मुक्ति सेनाको परिचयपत्र दिन, जनआन्दोलन र जनयुद्धताकाको मुद्दा निःशर्त खारेजी र बन्दीहरूको निःशर्त रिहाइको समेत माग राखेका छन् ।

‘प्रचण्डलाई उतिबेला कैयौंचोटि भनेको हुँ, केही गरेनन्, हजुरले मेरा केही कुरा पूरा गर्न पहल गरिदिनुप¥यो’ यति भनेका खामलाई प्रधानमन्त्रीले ‘यसमा म पहिलेबाटै सकारात्मक छु, अगाडि बढ्नोस्’ भन्ने प्रतिक्रिया दिएको निकट स्रोतले बताएको छ । ‘त्यसपछि अहिले उहाँ पूर्व माओवादी र जनमुक्ति सेनाको भेला गर्दै पश्चिम क्षेत्रमा हिँडिरहनु भएको छ’, स्रोत भन्छ, ‘उहाँका मागहरू पुरा भएको खण्डमा जस्तोसुकै जिम्मेवारी लिन तयार हुनुहुन्छ ।’ खामले प्रधानमन्त्रीसँग यी कुरा राखेको चाल पाएका जनयुद्धका घा’इते र केही पूर्वलडाकुले समेत उनलाई साथ दिन थालेका छन् ।

चितवनको शक्तिखोर शिविरमा मा’रिएका व्यापारी रामहरि श्रेष्ठको ह’त्याअन्तर्गत फरार रहेका खाममाथि अरू पनि मुद्दा छन् । उनी त्यतिबेला शिविरको डिभिजन कमाण्डर थिए । उनीविरुद्ध सरकारी छाप दस्तखत किर्ते, चोरी डकैती र हातहति’यार खरखजनासम्बन्धी मुद्दासमेत छन् । रुकुम पूर्वको मगर बस्तीमा उनको राम्रो प्रभाव छ ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार