logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सरकारी बाइक प्रयाेग गरेर तरुण दलका नेताकाे हत्या


  • राजनीति
  • बुधबार, माघ १४ २०७७

सरकारी बाईकमा आएका नेकपा कार्यकर्ताहरुले बझाङमा खुँडा प्रहा’र गरि तरुण दलका कार्यकर्ताको ह’त्या गरेका छन् । जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्र’हार गरि ह’त्या गरिएको हो । आ’क्रमणकारीले नेकपाबाट छबिसपाथिभरा गाउँपालिका वडा नं ३ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी बाईक प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।

गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको वि’वाद पछि खुँडा प्र’हार गर्दा सिंहको ज्यान गएको उनले बताए । मंगलवार साँझ स्थानिय बजारको बीच सडकमै सिंहमाथि खुँडा प्र’हार गरि ह’त्या गरिएको हो।

खुँडा प्र’हार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत प’क्राउ परेका छन् भने प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश एैडी भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार