logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

क्रान्तिकारी दाङ द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  • राजनीति
  • आइतबार, फाल्गुन २ २०७७

ऐतिहासिक महान २६ औं जनयुद्ध दिवसको अवसरमा आज अखिल (क्रान्तिकारी) दाङ को आयोजनामा सहिद आवासीय मा वि मा शुभकामना आदानप्रदान कार्यक्रम ,एकीकृत जनदिशा अभियान उद्घाटन र अखिल (क्रान्तिकारी) सहिद आवासीय मा बि को दोस्रो इकाइ सम्मेलन सम्पन्न गरेको छ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक अनिल के सी को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहिद परिवार समाजका केन्द्रिय सदस्य एवम् सहिद स्मृति आवासीय मा बि का विद्यालय व्यवस्थापन समिति सदस्य रैबहादुर बस्नेत (धर्ती), अतिथिहरु अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति सदस्य सरद,भरत ,टार्जन, पत्रकार महासंघ दाङ शाखा सचीव एवम् सहिद आवासिय मा बि CTEVT का कोर्डिनेटर भुपेन्द्र वली,अखिल (क्रान्तिकारी)का पुर्व केन्द्रिय सदस्य मदन जि एम,सहिद आवासीय मा बि का सहायक प्र अ धनेश्वर पोख्रेल ,उक्त विद्यालयका पुर्व प्र अ झविन्द्र पौडेल ,विद्यालयका शिक्षकहरू माधव महरा,एकेन्द थापा ,लालमणी बसेल, अखिल क्रान्तिकारी सहिद आवासीय मा बि का पुर्व सचिव कमल जि एम लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम को संचालन अखिल क्रान्तिकारी दाङ जिल्लाका पुर्व सचीव एवम् २४ औं दाङ जिल्ला सम्मेलन आयोजक समितिका सदस्य खुमन पौडेलले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सहिद परिवार समाजका केन्द्रिय सदस्य एवम् सहिद विद्यालयका व्यवस्थापन समिति सदस्य रैबहादुर बस्नेतले प्रचण्ड ,बाबुरामले जनयुद्धको सपना लाई कुर्सी संग साटेर ठुलो घात गरेको बताउनु भयो । जनयुद्धको मुख्य उदेश्य लक्ष्य ,बिचार सिद्धान्त बाट बिचलित हुदै दलाल संसदिय व्यवस्था सामु आत्मसमर्पण गरेर १७ हजार सहिद ,हजारौं घाइते ,अपांग ,बेपत्ता र परिवर्तनको पर्खाइमा रहेको जनतालाई अलपत्र छोडेर प्रतिक्रियावादी संग घाटी जोड्न पुगेको बताए साथै जनयुद्धको लक्ष्य ,उदेश्य ,विचार ,सिधाान्त प्रचण्ड बाबुराम हरुले छोडिसकेको र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी संग मात्र जनयुद्धको मुद्दा ,एजेन्डा ,बिचार ,सिद्धान्त रहेकाले उक्त पार्टी बाट मात्र जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने सहिद,घाइते ,अपांग ,बेपत्ता योद्धाको सपना पुरा हुने आसा रहेको बताए ,संसदीय व्यवस्था असफल भैसकेकाले वैज्ञानिक समाजवाद स्थापना अनिवार्य रहेको बताए ।

यस्तै कार्यक्रमका अध्यक्ष एवम् अखिल (क्रान्तिकारी) दाङ का संयोजक अनिल के सी ले जनयुद्ध र एकीकृत जनक्रान्तिका क्रममा आफ्नो जीवन बलिदान दिनुहुने महान सहिद हरु प्रति सम्मान ,श्रद्धाञ्जली एवम् सबैमा शुभकामना व्यक्त गर्नु भएको थियो ,साथै १० बर्षे महान जनयुद्धले उठान गरेका एजेन्डा हरु पुरा नभएकाले ती एजेन्डाहरु पूरा गर्न सबै युवा विद्यार्थी हरु एकजुट हुनुपर्ने बेला भएको बताए । जनयुद्धको समयमा जनताको न्याय ,मुक्ति ,स्वतन्त्रता ,समानता ,निशुल्क शिक्षा ,स्वास्थ ,रोजगारीको चर्का चर्का कुरा गर्ने नेताहरु अहिले आफ्ना छोराछोरी लाई विदेश का महंगा कलेज क्याम्पस हरुमा करोडौं खर्च गरेर पढाई रहदा यता जनयुद्धमा बुवा ,आमा ,आफन्त गुमाएका विद्यार्थी हरु साझ बिहान कसरी छाक टार्ने,कसरी पढ्ने भनेर भौतारिने अवस्था आउनु दु:खद भएको बताए ,जनयुद्धका सहिद ,घाइते ,अपांग ,बेपत्ता योद्धाका परिवारलाई यो सरकारले अझै पनि गलत दृष्टिकोणले हेरिरहेको बताए । जनयुद्ध ,एकीकृत जनक्रान्तिका समयमा जीवन गुमाउनुहुने महान सहिद ,घाइते ,अपांग ,वेपत्ताका सन्तानहरुलाई निशुल्क अध्ययन गर्ने वातावरण राज्यले बनाउनु पर्ने माग गरे,सहभागी विद्यार्थीहरु निराश नहुन आग्रह गर्दै नेपाल कम्युनिस्ट पार्टी ले एक दिन दलाल संसदीय व्यवस्था लाई मिल्काएर समाजवादी राज्य व्यवस्था ल्याइछाड्ने र त्यस बाट मात्र यी तमाम समस्याहरू हल हुने उल्लेख गरे साथै सहिदको सपना पूरा गर्न सबै विद्यार्थीहरु आ आफ्नो ठाउँ बाट क्रान्ति लाई सहयोग गर्न अपिल गरे।

उक्त कार्यक्रमकै अवसरमा अखिल (क्रान्तिकारी) दाङले एकीकृत जनदिशा अभियान उद्घाटन गरेको छ साथै अखिल (क्रान्तिकारी ) सहिद स्मृति आवासीय मा वि इकाई कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ।सम्मेलन ले गणेश को अध्यक्षतामा ३४ सदस्यीय मा बि इकाई कमिटी निर्वाचित गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार