logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्ड-नेपाल समूहमा सचिवालय सदस्य बन्न किचलाे, यी नेताको दौडधुप


  • राजनीति
  • आइतबार, फाल्गुन २ २०७७

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारितासम्बन्धी निर्णय दिएलगत्तै विभाजनपछिको भविष्य निश्चित हुनेछ । नेकपाको प्रचण्ड-नेपाल समूहमा अध्यक्षमा प्रचण्ड र माधवकुमार नेपालको टुंगो लागिसकेको छ । वरिष्ठ नेता झलनाथ खनाल तेस्रो वरियतामा छन् ।

अब नेकपा प्रचण्ड-नेपाल पक्षमा महासचिवको टुंगो लाग्न बाँकी छ । निर्वाचन आयोगले निर्णय दिएलगत्तै सुरेन्द्र पाण्डेको महासचिव बन्ने सम्भावना लगभग निश्चित जस्तै छ । माधव नेपाललाई अध्यक्ष बन्न खनालले समर्थन गरेकाले पाण्डेको सम्भावना बलियो भएको छ । पाण्डेको नाममा माधव नेपाल पनि सकारात्मक छन् ।

महासचिव पदका लागि भीम रावल र जर्नादन शर्मा पनि आकांक्षी छन् । शर्मा प्रचण्ड पक्षधर हुन् भने रावल नेपाल पक्षका हुन् ।

नेकपाको प्रचण्ड-नेपाल पक्षमा हाल चार जना मात्र सचिवालय सदस्य छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सचिवालयमा छन् । वामदेव गौतम तटस्थ छन् । उपाध्यक्ष गौतमको नाम नेकपाको दुवै समूहमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार