logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

ओली समूह र कांग्रेसद्धारा सरकारकाे वार्षिकोत्सव बहिस्कार


  • राजनीति
  • सोमबार, फाल्गुन ३ २०७७

कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवमा नेपाल कम्युनिस्ट पार्टी (केपी ओली) र नेपाली कांग्रेसले अघोषितरुपमा बहिष्कार गरेका छन् ।

सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव कार्यक्रम भइरहँदा कांग्रेस र ओली समूहका सांसद उपस्थिति थिएनन् । कार्यक्रममा राप्रपाकी सांसद पनि उपस्थित भइनन् ।

ओली समूहका सांसद गुलावजंग शाहले आफूहरुलाई वार्षिकोत्सवबारे जानकारी नभएको बताए । उनले भने, ‘वार्षिकोत्सबबारे जानकारी भएन, म आफनो महत्त्वपूर्ण कामले निर्वाचन क्षेत्रमा छु । सरकारले के-के गर्छ हामीलाई थाहा दिदैन ।’

वार्षिकोत्सवमा सहभागी नभएको नेपाली कांग्रेस दलका नेता जीवनबहादुर शाहीले आफू कामले काठमाडौं भएको र ढिला जानकारी भएकोले सहभागी हुन नसकेको बताए ।

‘म काम विशेषले काठमाडौंमा छु, हिजो साँझमात्रै खबर आएको थियो,’ उनले भने, ‘अरु साथीहरु पनि काम विशेषले बाहिर हुनुहुन्छ ।प्रदेश सरकार स्थापना दिवस हो, त्यसमा सहभागी हुनै पर्छ भन्ने पनि छैन् ।’त्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार