logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

संसदिय दलकाे बैठकमा बालुवाटार जाँदै माधव समुह


  • राजनीति
  • शुक्रबार, चैत्र १३ २०७७

नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव पक्षका सांसदहरुसमेत सहभागी हुने भएका छन् । यसअघिको दलको बैठकमा उनीहरु सहभागी भएका थिएनन् ।

माधव पक्षका सांसद सुरेन्द्र पाण्डेले आज बस्ने दलको बैठकमा आफ्नो पक्षका सांसदहरु पनि सहभागी हुने जानकारी दिए । ‘आजको दलको बैठकमा हामी जान्छौ । अस्तिको बैठकमा भेला भएकाले जान सकेनौँ,’ पाण्डेले भने ।

आजको बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए । उनका अनुसार संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने तरिका सिकाउने र दललाई एकढिक्का बनाउने विषय छलफलका एजेण्डा तय भएका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार