राजनीति
मनाङको प्रदेशसभा ’ख’ बाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् । हाल एमालेको ओली समूहका पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री छन् ।
तर, उनको विकल्प खोज्न थालिएपछि सांसद मनाङ्गेले आफूलाई गण्डकी प्रदेशको नेतृत्व दिन माग गरेका हुन् ।
सोमबार कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुले मुख्यमन्त्री गुरुङको विकल्प खोज्न मोर्चा बनाउनका लागि सहयोग गर्न भनेपछि मनाङ्गेले आफूलाई प्रदेश सरकारको नेतृत्व दिन प्रस्ताव गरेका हुन् ।
नेकपा एमालेभित्रको आन्तरिक विवादले केन्द्रीय सरकारदेखि स्थानीय सरकारसमेत धरापमा परेका बेला सांसद मनाङ्गेले आफूलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन् ।