logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कांग्रेससंगकाे गठबन्धन नै माओवादी हारकाे मुख्य कारण : सचिव शाह


  • राजनीति
  • बिहिबार, मंसिर ८ २०७९

सत्ता गठबन्धन काे प्रमुख हिस्सेदार नेकपा माओवादी केन्द्रले अहिले अनपेक्षित हार काे सामना गरिररहेकाे छ। २०७४ को प्रतिनिधिसभा चुनावमा निर्णायक तेस्रो हैसियतमा रहेको नेकपा माओवादी केन्द्र यसपाली कमजोर देखिएको छ । प्रत्यक्षमा माओवादीलाई २० सिट पनि पुर्‍याउन मुस्किल छ भने समानुपातिकमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि पछि परेको छ ।

चुनावको प्रारिम्भक समीक्षामा माओवादी नेताहरुले यसपटकको चुनावी गठबन्धन आफूहरुका लागि प्रत्युत्पादक बनेको टिप्पणी गरेका छन् । उपमहासचिव हरिबोल गजुरेलले अघिल्लो बाम गठबन्धनको असफलताबाट निराश भएका मतदाताले यसपटकको चुनावी गठबन्धनलाई अस्वीकार गरेको बताए ।

अघिल्लो गठबन्धनको सरकार पाँच वर्ष पनि चलेन’, उनले भने, ‘त्यसपप्रतिको असन्तुष्टि र वितृष्णास्वरुप नै मतदाताले अहिलेको गठबन्धन पनि स्वीकार नगरेका हुन् ।’ यद्यपि गजुरेलले अघिल्लो पटकको गठबन्धनको सरकार ढलेपछि माओवादीका लागि अहिलेको गठबन्धन बाध्यात्मक रहेको बताए ।

सचिव गणेश साहले पनि चुनावी गठबन्धन प्रतिउत्पादक रहेको टिप्पणी गरे । ‘यो नसोचेको परिणाम होइन कि आउनुपर्ने नै आयो’, उनले भने, ‘यो विजातीय गठबन्धन हो । सरकार चलाउनसम्म यो गठबन्धन ठीक थियो । मेरो विचारमा गठबन्धन चुनावमा प्रतिउत्पादक सावित भयो ।’

यो नतिजाको सन्देश चुनावमा गठबन्धन गर्न हुन्न भन्ने रहेको भन्दै साहले बरु एक्लै लडेको भए माओवादीले राम्रो परिणाम ल्याउने दाबी समेत गरे ।

माओवादीका युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ पनि गठबन्धनबाट अपेक्षित सफलता नभएको बताउँछन् । काठमाडौं लगायतका धेरै क्षेत्रमा गठबन्धनमा मत ‘ट्रान्सफर’ नहुँदा माओवादीका धेरै उम्मेदवार पराजित भएको उनको भनाइ छ ।

माओवादीको राम्रो मत रहेका उदयपुर, सोलुखुम्बु, मकवानपुर, रामेछाप, धादिङ, सल्यान लगायतका जिल्ला पनि गठबन्धनका कारण अर्को दललाई छोड्नुपरेको सापकोटा बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार