logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

भारतीय सीमावर्ती बजार पुगेकी नेपाली युवतीलाई दुर्व्यवहार गर्दै कुट’पिट


  • रासस
  • आइतबार, कार्तिक १० २०७६

पोखरा – सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा बनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले आज दुर्व्यवहार गर्दै कु’टपि’ट गरेका छन् ।

गौरीफन्टा बनगाउँस्थित ‘नेशनल फैन्सी स्टोर’का सञ्चालकले देवी विष्टलाई कु’ट’पि’ट गरेका हुन् । “पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्,” प्रत्यक्षदर्शी पुष्पराज पाण्डेले भने, “सामानको मूल्यबारे विवाद भएपछि पसलेले ‘कु’टपि’ट गरेका हुन् ।”

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले विष्टलाई कु’टपि’ट गरिएको र पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

सामान किनमेल गरी फर्किने नेपाली नागरिकलाई भारतीय बजार तथा सीमा नाकामा भारतीय सुरक्षाकर्मीले रकम असुल्ने तथा कुटपिट र दुर्व्यवहार गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार