logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

गण्डकी प्रदेशको भ्रमणमा सेप्टेम्बर महिनामा १८ हजार विदेशी पर्यटक


  • राजनीति
  • सोमबार, असोज २७ २०७६

पोखरा- गण्डकी प्रदेशको भ्रमणमा सन् २०१९ को सेप्टेम्बर महिनामा १८ हजार ३ सय ५१ जना विदेशी पर्यटक पुगेका छन् ।

कास्कीस्थित पोखरा विमानस्थल कार्यालय, तनहुँको आँबुखैरेनी र स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीबाट प्रदेश सरकारले अघिल्लो महिनादेखि प्रवेश गरेका अन्तर्राष्ट्रिय पर्यटकको तथ्यांक संकलन गरी प्रशोधन गर्न थालेको हो ।

अगस्ट महिनाको तुलनामा सेप्टेम्बरमा २ हजार ४ सय ८९ जना बढी विदेशी पर्यटक यस प्रदेशको भ्रमणमा पुगेका छन् । यो संख्या अघिल्लो महिनाको तुलनामा १५।७ प्रतिशतले बढी हो । पर्यटक आगमनको विगत दुई महिनाको प्रवृत्ति हेर्दा पृथ्वी राजमार्ग भएर गण्डकी प्रदेश भित्रिने पर्यटकको हिस्सा करीव ६० प्रतिशत रहेको छ । त्यसमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा बढी अर्थात ३९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार