logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बैतडीमा भूकम्पको धक्का


  • राजनीति
  • शुक्रबार, जेष्ठ १० २०८२

धनगढी । बैतडी सुदरमुकाम भएर भूकम्प गएको छ । आज बिहान बैतडीको खलंगा आपसाप केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौर काठमाडौंका अनुसार आज बिहान १ बजेर ४८ मिनेट जाँदा ५.१ म्याग्निच्युडकाको र २ बजे ३.७ म्याग्निच्युडको गरी दुई पटक भूकम्प गएको हो । भूकम्पको धक्का पश्चात् त्यहाँका स्थानीय घर बाहिर निस्किएका थिए ।

बैतडीका साथै भूकम्पको धकका दार्चुला, बझाङ, डडेलधुरा लगायत आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार