राजनीति
काठमाडौं । नेपालमा आज एकैदिन भूकम्पका तीन धक्का महसुस भएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ र कास्कीका विभिन्न स्थानमा गरी आज तीन वटा भूकम्पका धक्का महसुस भएको हो ।
साँझ बझाङको मास्देभ केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । यसअघि कास्कीको अन्नपूर्ण केन्द्रविन्दु भएर १२ बजेर ५० मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यस्तै विहान ११ बजेर ५६ मिनेटमा कास्कीकै फुङलिङवाङ केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।