राजनीति
सबै ग्रहहरु निरन्तर आफ्नो दिशा र गतिमा घुमिरहेका हुन्छन् । यही क्रममा जब चन्द्रमा र पृथ्वीको बीचमा राहु र केतु आइपुग्छ, त्यसको कालो धब्बा पृथ्वीमा पर्छ । ग्रहहरुको यस अवस्थितिलाई हामी खण्डग्रास चन्द्रग्रहण भन्छौं ।
खण्डग्रास चन्द्रग्रहणमा के गर्ने, के नगर्ने भन्ने कुरा गर्दा कतिपयलाई यो अन्धविश्वास जस्तो लाग्छ । तर, चन्द्रमामा राहु र केतुको जुन छायाँ ग्रह पर्छ, त्यसबाट उत्पन्न नकारात्मक ऊर्जाले पृथ्वीका प्राणी मात्र होइन, चराचर जगतलाई नै असर पार्छ । यो असर पनि ग्रह अनुसार फरक हुन्छ ।
यसपाली खण्डग्रस चन्द्रगहण राति एक बजेर ४६ मिनेटबाट सुरु हुनेछ । तीन बजेर पन्ध्र मिनेटमा मध्य हुनेछ । यो अवस्था ४ बजेर ४५ मिनेटसम्म कायम रहनेछ । अर्थात कुल अवधी २ घण्टा ५९ मिनेटसम्म चन्द्रग्रहण लाग्नेछ ।
के गर्ने, के नगर्ने ?
चन्द्र ग्रहण लागेको बेला के गर्ने, के नगर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । चन्द्रग्रहण लाग्ने रातको अघिल्लो दिन अपराह्न ४ बजेर ४६ मिनेटपछि भोजन गर्न निषेध छ । मन्दिर जाने, पूजापाठ गर्ने काम पनि रोक्नुपर्छ ।
बालक, बृद्धबृद्धा, औषधी सेवन गर्नुपर्ने अवस्था बाहेकका व्यक्तिले खानेकुरा सेवन गर्नु हुँदैन । चन्द्रग्रहणको बेला सुत्नु हुँदैन ।