नेपालको वर्तमान राजिनितिक रङ्ग मन्चमा धेरै प्रकारका नाटकहरु मंचन भैरहेका छ्न । अप्रत्याशित घटनाहरु घटिरहेका छ्न , सरकार र सत्तामा बस्नेहरु संविधान बनेपछि देश शान्ति , समृद्धि , सुशासन , स्थिरता र विकासको गतिमा अगाडि बढेको विषय खुट्टा देखिको बल लगाएर चिच्याई रहेका छन ।
म भन्छु अरे साब कर्णाली कि गर्भवती आमा एकछाक मात्रै खाएर पेटमा बच्चा हुर्किकाई रहेकिछ्न , ती प्रिय आमालाई सोधौ त शान्ति को परिभाषा ! लास भएर विदेश बाट बाकसमा फर्केको ती युवा को परिवार लाई पनि सोधौ न कतिको सुख र शान्ती छ मनमा , पढने लेख्ने रहर हुँदा हुदै १६ वर्षको त्यो युवा जो नागरिकतामा १८ वर्ष बनाएर खाडी पस्दै छ , एकैचोटी भएपनी विमानस्थलमा त्यो युवा लाई सुखी नेपाली र समृद्ध नेपालको शान्ति को बारेमा सोधौ न है ! कोरिया जाने भनी रातभारी सडकमै सुतेका विश्वविद्यालय का विद्यार्थीहरुलाई पनि सोध्नु पर्छ है ? खान न लाउन लाई मात्रै यौन पेशामा संलग्न चेलिबेटी लाई सोधौ यो शान्ति के हो ?
यहाँहरु कै पार्टी भित्र आफ्नो सम्पुर्ण जीवन समाजसेवा लगाएको र चुनावताका चुनाव लडने खर्च नभएर पाएको टिकट धनिमानी लाई सुम्पेको त्यो कार्यकर्तालाई पनि सोधौ न यहाँको समृद्ध नेपाल को शान्ति ? सरकारी कामकाजका लागि कर्मचारी लाई घुस दिन सकेर सामान्य कामका लागि कुरिरहेको आम नागरिक लाई पनि सोधौ , उपचार खर्च नभएर बाच्ने सबै आशा , भरोसा मारेर रोग बोकेर घर फर्केको त्यो बिरामी लाई पनि सोधौ कति शान्ति छ । जिवनभरी ठुला ठुला महल बनाएको त्यो मजबुर मजदुर जो सङ्ग बस्ने टहरा कुनैदिन हुरिले उडाउछ थाह छैन त्यो मजदुर लाई पनि शान्तिको बारेमा सोधौ न साब ? गाउँ बाट ॠण निकालेर पढन भनी सहर पसेको दलित विद्यार्थी जो सहरमा डेरा नपाएर जात बदलेर बसेको छ , कुन दिन घरबेटी ले थाह पाएर लखेटछ भनी मनमा डरपालेर बसेको छ त्यो लाई पनि सोधौ तपाईको विभेदमुक्त समाजको बारेमा , हेर साब जीवन भरी जातियविभेद गर्नु हुदैन भनी विद्यालय र विश्वविद्यालय मा अध्ययापन गराउने मास्टर नै सब भन्दा बढी विभेद गर्छ ।
देशको एउटा सुरक्षाकर्मी जवान जसले आवश्यक पर्दा जुनैसुकै बेलापनी आफ्नो डियुटी पूरा गर्नु पर्छ तिनलाई पनि सोधौ नेपाल को वर्तमान शान्ती को बारेमा ।
देशको वर्तमान चित्र यो छ , यी सबै विषयवस्तु बाट जनताको ध्यान विषायान्तर गर्न लाई जनताको पक्षमा आवाज उठाईरहेको विप्लव को नेतृत्वको ने क पा लाई साधन बनाइयो यो कुरा सारा नेपालिले सजिलै बुझेका छन । विदेशीको ईसारा , आदेश र आडमा जनताका आवाज माथी प्रतिबन्ध लागाईएको छ ।
वार्ताको नौटन्की पनि बडा रोमाञ्चकारी छ नेपाल आमा लाई अपशब्द प्रयोग गर्ने जो यहाँ उल्लेख पनि गर्न सकिन्न , देशनै टुक्राउने नारा बोकेका सिके जनयुद्ध लडने पुर्व प्रचण्ड जस्तै महान भए , तिनै सिके को अँगालोमा असाध्यै न्यायो महसुस भयो प्रम ज्यु लाई तर जसले आफ्ना सबै निजि स्वार्थहरु त्यागेर जनताको वास्तविक सुख र शान्ति का लागि संघर्ष गर्दै छ , २००७ साल देखि २०६२/६३ सालको जनआन्दोलन मा राजनीतिक तवरले जनतालाई बाडेका सपना पूरा गर्नु पर्छ भन्दै आफ्ना विषय वस्तु अगाडि सारेको छ त्यो आज लुटेरा भएको छ ।
अपराधीहरु माथी जनकार्वाहीहरु पक्कै पनि भएका छ्न तर कहिकतै पनि प्रहरी चौकी आक्रमण , सुरक्षाकर्मी माथी आक्रमण , सरकारी सम्पत्ति माथी आक्रमण भएको छैन कसरि प्रतिबन्ध लागाइयो ?
वाह गज्जब को रमिता छ है नेपालको राजनितिमा , वार्ताका लागि एउटा पत्र समेत नलेखेर जानाजान देशलाई युद्धमा धकेलिएको छ । धमिलो पानीमा माछा मार्ने र बाँकी रहेका सरकारका चार वर्ष काटेने बडो उत्कृष्ट बाटो पहिल्याईएको छ । सिद्धान्तनिष्ठ कम्युनिस्ट पार्टी संघर्षमा हुँदा उसले बल प्रयोग मान्यता पनि लागू गरेको हुन्छ त्यो अनुरुप हाल विद्रोही ने क पा बाट केही समाजका अपराधीहरु माथी जनकार्वाहीहरु पक्कै पनि भएका छ्न तर कहिकतै पनि प्रहरी चौकी आक्रमण , सुरक्षाकर्मी माथी आक्रमण , सरकारी सम्पत्ति माथी आक्रमण भएको छैन कसरि प्रतिबन्ध लागाइयो ? अर्का कुरा पुष्पकमल दहाल र केपि ओलि माथी नै हमला गर्ने विषय को नाटक मंचन गरियो त्यो डायरी भेटिएको ६ महिना पछि त्यहाँ हेर्दा त्यसो केही छैन पुष्पकमल दाहाल त बुझ्नु हुन्छ त्यो भाषा त्यहाँ हेर्दा चुनाव खारेजीताका उहाँहरुको कार्यक्रम विथोल्ने जस्तो मात्रै देखिन्छ ,फेरि बादल आफै बुझ्नु हुन्छ २०७५ चुनाव बहिष्कारको बेला बादल कमरेडले प्रचण्ड लाई लाल गद्दार घोषणा गरेर विभिन्न कार्यक्रमहरु मा प्रचण्ड लाई तर्साउने निर्देशन दिनु भएको थियो , यी सबै बुझेर पनि उहाँहरुले मार्ने विषय नै हो भनेर जनता लाई ईमोसनल ब्याकमेल गर्नु भयो । यसरी कसरी शान्ती आउन सक्छ ? अहिले राज्यले विभिन्न घृणित हथकण्डा अपनाएर विद्रोही ने क पा लाई निर्मम दमनको प्रक्रिया अगाडि बढाएको छ , उदाउदै गरेको वैकल्पिक राजनीतिक शक्ति सङ्ग सत्ताधारीहरु आफ्नो लुटको स्वर्ग ध्वस्त हुने डरले विचारधारात्म तवरले प्रतिस्पर्धा नगरी दमनको बटो अपनाउनु भएको छ । कथित कम्युनिस्ट को खोल ओढेर दलाल पुजिवादी व्यवस्था को संरक्षणमा लागि पर्नु भएको छ र नारा चाहिँ समाजवाद को ? यी सबै घटनाक्रमले उहाँहरुको सामाजिक फाँसीवादी चरीत्र सबैले देख्नु गरि उदाङ्गो भएको छ । कुनै मुद्दा को बारेमा पत्रकारहरुले प्रश्न गर्दा सजिलै उत्तर दिनुको साटो पत्रकारको सातोपुत्लो नै खाने गरि हपार्नु हुन्छ ।
हामी जो राज्य बाट प्रतिबन्धित भनिएका छौ , महलमा बस्नेहरुले झुपडिमा बस्नेहरु लाई नदेखेर भुमिगत भनिएका छौ , खासमा हामी शान्ति चाहन्छौ तर कस्तो शान्ति प्रश्न यहाँ छ , भोको पेटमा खाना सहितको शान्ती , समाजका हरेक सामाजिक अपराधहरु नियन्त्रण सहितको शान्ति , राजनीतिक नेतृत्व को जीवन सरल , सभ्य , आदर्शवान यस्तो शान्ति ! वास्तवमा हामी विद्रोही यस्तो शान्तिको खोजिमा छौ , जहाँ नकुनै धनी र गरिब हुनेछ सबैको श्रमको सम्मान हुनेछ , न कोई उपल्लो जाती न कोई तल्लो जाती को हुनेछ , न कुनै नारी उत्पिडन हुनेछ , सभ्य संस्कार र संस्कृती सहितको उत्कृष्ट मानव सामाज हुनेछ । न कुनै हतियार र बारुदको खेती हुनेछ । हो हामी यस्तो शान्तिको खोजिमा छौ जसको बाटो एकीकृत जनक्रान्ती हो ,
लेखक अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य हुन ।