logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

द्वन्द्वको डिलमा देश !

सुरक्षाकर्मी मित्रहरुले दलाल नेताहरुहरुको बफादार झोले बन्ने होड त्याग्नुपर्छ


  • बिरेन्द्र शाह
  • बिहिबार, असार १२ २०७६

दशवर्षे जनयुद्धका उपलब्धीहरु संस्थागत नहुदै र शान्ति प्रक्रियाका सबै कार्यभार नटुङ्गिदै मुलुक फेरि किन अर्को द्वन्द्वतिर अगाडि बढयो ?

वर्तमान नेपालको समग्र चित्र हेर्दा आम सर्वसाधारणहरुमा असन्तुष्टिहरु बढदै गैरहेका छ्न । नेपाली जनताले संविधानको निर्माण पश्चात जुन अपेक्षा गरेका थिए त्यसको ठिक विपरित देशको राजनीति अगाडि बढी रहेको छ । २००७ साल देखि २०६३ साल सम्मका परिवर्तनकारी आन्दोलन र संघर्षहरुमा जनताले गरेको त्याग ,बलिदान र योगदानको परिणाम हेर्दा खासमा जनताको प्रत्यक्ष जिवनमा कुनै पनि किसिमको बदलाव देखिएको छैन । राजिनतिक तवरले राणा शासन ढल्यो , पन्चायती व्यवस्थाको अन्त्य भयो , राजतन्त्र समाप्त भयो र गणतन्त्र / लोकतान्त्रिक व्यवस्था आयो तर प्रचण्डले जनयुद्धताका र पछि सम्म भन्ने गरेको खसिको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने थलो त्यै पुरानै संसदिय व्यवस्था अन्तर्गत सबै कुरा रुम्लिएको छ ।

राजतन्त्र समाप्त भयो र गणतन्त्र / लोकतान्त्रिक व्यवस्था आयो तर प्रचण्डले जनयुद्धताका र पछि सम्म भन्ने गरेको खसिको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने थलो त्यै पुरानै संसदिय व्यवस्था अन्तर्गत सबै कुरा रुम्लिएको छ ।

खासमा भन्दा जनताको आर्थिक र सामाजिक सास्कृतिक जिवनमा कुनै फेरबदल भएको देखिन्न र राज्यसत्ता को चरित्रमा पनि खासै फरक देखिन्न , जसबाट पुनः नयाँ संघर्षमा देश अगाडि बढने देखिन्छ । संविधान र कानुनतह विभिन्न नागरिकहक र अधिकारहरु कागजि प्रक्रियामा अगाडि बढेपनी पुराना ढाचाको राज्यव्यवस्था( संसदीय ) , पुरानै सोच , चिन्तन र चरित्रहेर्दा खासमा यो कानुनले जनतालाई न्याय , स्वतन्त्रता र समानता दिने भन्दापनि शासकहरुले जनतामाथी शासन गर्ने एउटा वैधानिक विधान बाहेक अरु कै मान्न सकिन्न । आम सर्वसाधारण नागरिक लाई शासन व्यवस्था कसले चलाई रहेको छ त्यो सङ्ग त्यति धेरै सरोकार हुदैन , जनता लाई आफ्नो जिवनमा के परिवर्तन आयो र एउटा राज्यको नागरिक हुँदा र उसले गरेको श्रम र बगाएको पसिना बाट तिरेको करबाट के पायो त ? अन्यथा जनता नयाँ विद्रोहको बाटो तय गर्छ्न यो समाज विज्ञानको नियम नै हो । ईतिहास हेर्दा ठुला ठुला आन्दोलन र क्रान्ति बाट स्थापित शासन सत्ता र व्यवस्थाहरु पनि ढलेका छ्न र कहिकतै सामन्तवादी राजतन्त्रात्मक व्यवस्था पनि चलेकै छ्न ।

यसै सन्दर्भमा नेपालको वर्तमान राजनिती चित्र हेर्दा संसदीय व्यवस्था अन्तर्गत संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली भनिए तापनि आज जनताहरु ले स्वतन्त्र रुपमा बोल्न र विरोध गर्ने पाईरहेका छैनन , पत्रकारहरुले स्वतन्त्र रुपमा कलम चलाउन पाईरहेका छैनन ,आफले बनाएको संविधान र कानुनको बर्खिलाफ फरक मत राख्ने राजनीति दल माथी प्रतिबन्ध लगाईएको छ , नागरिकहरुका मौलिक हकहरु कुन्ठित गर्ने विधेयकहरु ल्याएर जबर्जस्ति लादन खोजिदै छ तसर्थ यो सबै हेर्दा नागरिकहरु पुनः नयाँ संघर्षको बाटो तिर अगाडी बढने र राज्यले सकारात्मक ढंग बाट खोज्नुको साटो सबैकुरा दमन र दुईतिहाई को अहंकार बाट हल खोज्ने विधि अपनाउदा मुलुक पुनः नयाँ द्वन्दको प्रसवपीडा छ्टपटाई रहेको भान हुन्छ ।

प्रचण्ड आफै संसदीय व्यवस्थामा कता रुमालिए र फसे आफैले आफैलाई उम्काउन सकेन र पार्टी भित्र अवसरवादी , संसोधनवादी , दक्षिणपन्थी धाराहावी भयो

नेपालमा भएको दशवर्षे जनयुद्धको जुन ढंग बाट त्यसका सर्वोच्च नेता प्रचण्डले शान्ति प्रक्रियामा अवतरण गराए फरकमत को शुरुआत त्यै बाट भएको देखियो त्यो बेला व्यवस्थापन गर्न सकिने तहमा थियो तर प्रचण्ड आफै संसदीय व्यवस्थामा कता रुमालिए र फसे आफैले आफैलाई उम्काउन सकेन र पार्टी भित्र अवसरवादी , संसोधनवादी , दक्षिणपन्थी धाराहावी भयो र प्रचण्डनै त्यसको नेतृत्व गर्न पुगे र पार्टीको फरक मत सम्बोधन गर्न सकेनन र प्रचण्ड ले गद्दारी गरेको र धोका दिएको जनयुद्धका सबै उपलब्धिको विनाश गर्दै प्रतिक्रान्तिको नेतृत्व गर्न पुगेको भन्दै किरणको नेतृत्वमा पार्टी विभाजन को संघारमा पुग्यो र नयाँ संघर्ष र क्रान्तिको उदघोष भयो र संविधान सभाको निर्वाचन बहिष्कार सम्म पुग्यो जसलाई शासकहरुले सामान्य रुपमा लिए र त्यसको केही समय पश्चात किरणको कार्यदिशा प्रति फरक मत राख्दै त्यो कार्यदिशा बाट क्रान्ति सम्पन्न नहुने भन्दै सो पार्टीका सचिव विप्लव को नेतृत्वमा पार्टी विभाजन हुँदै नयाँ पार्टीको निर्माण भयो जो हाल विद्रोही ने.क.पा. को रुपमा देशमा स्थापित भएको छ ।

शासकहरु को सबैभन्दा ठूलो भुल युद्ध बाट आएक शक्तिहरु को विभाजन पश्चात फरक मत राख्ने शक्तीलाई र युद्धबाट आएको एउटा हिस्सा लाई नजर अन्दाज गर्दै उसका मागहरु को वेवास्ता गर्नु र प्रचण्ड लाई नै सम्रग माओवादी र युद्धको पुर्ण अंशियार ठान्नु नै नयाँ द्वन्दको विजारोपण गर्नु थियो । प्रचण्ड को असफलता ले माओवादी आन्दोलन र पार्टी छेदविछेद भयो र प्रचण्ड आफैले जनयुद्धताका र पछि सम्मपनी कम्युनिस्ट आन्दोलनको शब्दकोषमा भएका सबै नकारात्मक आरोपहरु लगाएको एमाले मा आफ्नो पार्टी मिसाएर आफ्नो अस्तित्व को रक्षा गर्न पुगे । कम्युनिस्टको खोल ओढेर केपि प्रचण्ड को पार्टी सरकारमा छ । ओलि प्रधानमन्त्री छ्न उनको नारा सुखी नेपाली र समृद्ध नेपालको छ तर व्यबहारतय दुखी नेपाली र कंगाल नेपालको रुपमा अगाडि बढेको भान भैरहेको छ ।

भ्रष्टाचारीहरु , करछली गर्नेहरु , दलाल , तस्करहरु लाई कार्वाही गर्नुको साटो उल्टै आगालो हालेर तिनलाई कार्वाही गर्ने विप्लव नेतृत्व को ने. क .पा. माथी आफैले बनाएको संविधान र कानुनको उल्लंघन गर्दै प्रतिबन्ध लगाएको छ । वार्ताका लागि पत्र समेत नपठाएर वार्तामै आउन नचाहेको आरोप लगाएर अहिले शृङ्खलाबद्ध रुपमा बर्बरता पुर्ण दमन , धरपकड , झुठो मुद्दा , गिरफ्तार गरि हत्या गर्ने , मुडभेडको कथा बनाउने प्रक्रिया अगाडि बढाएका छ्न । आफ्नो विगरेको बुद्धि र विदेशी प्रभुको ईसारा दमन गरेर समाप्त पार्ने उदघोष गरेका छ्न जसबाट आफ्नो पतनको बाटो पनि सुनिश्चित गरिरहेका छ्न ।

गृहमन्त्री राम बहादुर थापा त असाध्यै निकृष्ट र घिन लाग्दो तरिकाले अगाडि आएका छ्न कि मानौ हिजो तिनले कुनै युद्ध नै लडेका थिएन्न बरु राजा रजौटाहरु को गुलामी र चाकरी गरेर सत्तामा पुगे जस्तो गरिरहेका छ्न। कथित दुईतिहाई को मातले अन्धा छ्न , जनताको भोट बाट निर्वाचित भएको ध्वास लाउछ्न तर हामी बिर्सिन्नौ कि लेन्डुप दोर्जे पनि जनताकै मतबाट निर्वाचित थिए भनेर यिनिहरुको अनुहारमा पनि नयाँ
लेन्डुप दोर्जेको अनुहार देखिन्छ । कथित सरकारी कम्युनिस्ट र यसले चलाएको सरकार का गतिविधि हेर्दा देशलाई द्वन्द्वमा धकेलेर आफुले गरेका कुकर्महरु माथी जनताको ध्यान विषयान्तर गरेर सत्ता टिकाउने र बाकी का ३ वर्ष कटाउने खेलमा छ्न । यस्ता हर्कतहरुले देश निश्चय नै द्वन्दमा फस्ने खतरा छ ।

गृहमन्त्री राम बहादुर थापा त असाध्यै निकृष्ट र घिन लाग्दो तरिकाले अगाडि आएका छ्न कि मानौ हिजो तिनले कुनै युद्ध नै लडेका थिएन्न बरु राजा रजौटाहरु को गुलामी र चाकरी गरेर सत्तामा पुगे जस्तो गरिरहेका छ्न।

समय अझै पनि छ दमन , धरपकड , झुठ्ठा मुद्दा , हत्या र निषेध बाट होईन वार्ता ,सम्वाद बाट हल खोज्ने अन्यथा दलालहरुले इतिहासकै कलन्कित पात्रहरुको रुपमा चित्रित हुनेछ्न । देश लाई साच्चिकै द्वन्द बाट रोक्ने नयाँ सहमती अगाडि बढने हो भने द्वन्द्व बाट आएको एउटा शक्ति जो हाल कुनै प्रक्रियामा सहभागी छैन त्यो सङ्ग गम्भीर रुपमा छ्लफल गरिनु पर्छ अन्यथा अर्को युद्धको भेलमा संसदवादी दलाल र तिनका मतियारहरु बग्ने निश्चित छ । यस्तो बेलामा राज्य संयमीत हुनुको साटो उत्शृखल र अराजक भै रहेको छ । प्रहरीहरु यन्त्रमानव जसरी परिचालित छ्न , कानुनको रक्षा गर्नुको साटो कानुनको धज्जी उडाउने धाउन्नमा छ्न , मानवाधिकार को न्युतम मूल्य मान्यता पनि बिर्सेका छ्न , अदालतले निर्दोष भन्दा पनि अदालत परिसर बाट गिरफ्तार गर्छ्न यसबाट देश कता जान्छ त कसको भलो हुन्छ ? बुझ्न जरुरी छ सुरक्षाकर्मी मित्रहरूले !

दलाल नेताहरुहरु को असल र बफादार झोले बन्ने होडमा सुरक्षाकर्मी मित्रहरुले कानुनको ठाडो उल्लंघन गरेर देशलाई युद्धमा धकेल्ने दुर्नियत राख्नु हुदैन । संसदमै भएको प्रतिपक्षी दल काङ्ग्रेसले पनि बाहिर देश द्वन्द जानुहुदैन राज्यले गलत गर्यो भन्ने , भित्र मनमनै चुनाव हारेको घाउमा कम्युनिस्ट कम्युनिस्ट लडेर मलम पट्टी भएको अनुभूति गरेर आउदो चुनावको दाउ कसेर बस्ने गलत सोचाई बाट ग्रसित हुनु हुँदैन एउटा नयाँ बहस र छलफल को सिर्जना समयमै गर्न जरुरी छ । विद्रोह कसले चाहेर र गर्छु भनेर हुदैन यो त सामाजको आर्थिक र सामाजिक सास्कृतिक क्षेत्रमा रुपान्तरण भएन भने स्वस्फूर्त जन्मिने हो जो नेपालमा जन्मी सकेको छ ।

दलाल नेताहरुहरु को असल र बफादार झोले बन्ने होडमा सुरक्षाकर्मी मित्रहरुले कानुनको ठाडो उल्लंघन गरेर देशलाई युद्धमा धकेल्ने दुर्नियत राख्नु हुदैन ।

अझै पनि समय छ शासकहरुले सुध्रिने , जनताको आवाज सुन्ने , विद्रोही ने .क. पा. माथी को प्रतिबन्ध हटाएर झुठ्ठा मुद्दा खारेज गर्ने गिरफ्तार राजबन्दिहरु को रिहाई गर्ने , वार्ताको वातावरण बनाएर छ्लफल गर्ने र नयाँ सहमती सहित नेपालको राजनीतिक दिशा लाई अगाडि बढाउने र मुलुक लाई द्वन्दमा जान बाट रोक्ने !

लेखक नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रिय नेता हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार