नेपाल अहिले इतिहासकै एउटा विचित्रको मोडबाट गुज्रिरहेको छ । नेपालमा थुप्रै राजनीतिक आन्दोलनहरु भए २००७ साल को राणा शासन विरुद्धको आन्दोलन होस या २०४६ र २०६२/०६३ कै किन नहोस् यी सबै आन्दोलनहरुको विशेष भुमिका र महत्त्व छ । तर यी सबै भन्दा विशिस्ट र उत्कृष्ट किसिमको आन्दोलन भनेको तात्कालिन नेकपा(माओवादी )ले गरेको जनयुद्ध 2052 हो । चरीत्र ,उदेश्य र समर्पण का हिसाब ले जनयुद्ध महान थियो र रहिरहने छ तर उपलब्धि को रक्षाका को हिसाबले जनयुद्ध निश्काम र वेअर्थको सावित भएको छ । विश्व अहिले दुई खेमामा विभाजित छ भनौ विश्वमा दुई खालको शासन पद्धति छ । एकातर्फ पुजीवादी व्यवस्थाले चरमरुपमा आफुलाइ परस्कृत गर्दै विभिन्न कृत्रिम रङ्ग को सहायता ले विश्वलाई रनभुल्लमा पारिरहेको छ भने अर्कोतिर कम्युनिस्ट भनिने शक्तिहरू एक आपसमा लडिरहेका छ्न ।
जनयुद्धका उपलब्धिहरु रक्षा गर्न नसकिए पनि जनयुद्धले जनमानसमा एकखालको उच्च चेतना को विकास गरेको छ भने कम्युनिस्ट पार्टी प्रतिको आकर्षण बढाइ दिएको छ जसको फलस्वरूप अहिले देशमा कम्युनिस्टको दुइतिहाइ सरकार छ । तर नेपालका कम्युनिस्ट नेताहरू न कहिल्यै कम्युनिस्ट बन्न सके न वास्तविकरुपले कम्युनिस्ट शासन चलाउन सके । नेपालमा अहिले कम्युनिस्ट सरकार छ तर कम्युनिस्ट पार्टीलाई नै प्रतिबन्ध लाग्नु विश्वकम्युनिस्ट आन्दोलनकै लागि अभिसाप हो यो विषय अहिलेका धुरुन्धर कम्युनिस्ट नेताहरूले भेउ पाउन सकेका छैनन । अर्को कुरा भारतिय साम्राज्यवाद र पुजीवादी व्यवस्थाको नाइके अमेरिकाले नेपालमा मात्रै होइन विश्वबाट नै कम्युनिस्ट विचारको जरो उखेल्ने गम्भीर खालको ग्राइन डिजाइनलाई समयमै बुझ्न र तेसको विरुद्ध सम्पुर्ण कम्युनिस्ट एक हुनु पर्ने बेला नेपालका कम्युनिस्ट पार्टीहरु ठूलो भुलभुलैमा छ्न। कम्युनिस्ट भनेको एउटा उत्कृष्ट व्यबहार हो उच्च किसिमको चेतना हो , जनताप्रतिको उत्तरदायित्व हो तर नेपालका सत्ताधारी कम्युनिस्ट पार्टी हरु प्रतिक्रियावादीहरुको योजनामा र यथास्थितिवादीहरुको सल्लाहसुझाव मा शासन गरिरहेका छ्न भने यो कुनै पनि हालतमा जनमैत्री र सुशासन हुन सक्दैन । फलस्वरूप नेपाल ठुलो गृहयुद्वमा जाने निश्चित भै सकेको छ । यदि शासकहरुले समयमै ध्यान गर्न सकेन भने नेपाल सिक्किमिकरण हुन सक्छ । यसलाई रोक्न वर्तमान कम्युनिस्ट सरकारले नेकपा माथी लागाइएको प्रतिवन्ध हटाउनु पर्दछ र त्यसपछि प्रतिवन्धित पार्टीका मागहरूलाई सम्बोधन गर्नु पर्दछ र देशमा दिगो र वास्तविक शान्ति ल्याउन पहलकदमी गर्नु पर्दछ ।
वर्तमान समयमा कम्युनिस्ट नामप्रती, कम्युनिस्ट आर्दशप्रती र कम्युनिस्ट शासन प्रती जनचासो ,आशा र आकर्षण धेरै छ तर यदि यो विशिस्ट परिस्थितिको फाइदा कम्युनिस्टहरुले लिन सकेनन भने नेपाल मा राजा नआउला भन्न सकिँदन किन भने राजालाई मृत्युदण्ड दिएर पनि फेरि राजा आएको इतिहास जिवित छ तर नेपालका कम्युनिस्ट शासकहरुको घैटोमा घाम नलाग्नु दुर्भाग्यपूर्ण कुरा छ । वर्तमान सरकार न्यून चेतना र अति सङ्किङण्बै मनोविज्ञानबाट अगाडि बढरहेको छ यो कुरा कसरी प्रष्ट हुन्छ भने आफैले निर्माण गरेका निति, आफैले बनाएका कानुन र विश्वकै उत्कृष्ट भनिएको सविधान को न्युनतम आदर्श समेत नराखी रास्ट्र र जनता जनता प्रती कुठाराघात गरिरहेका छ्न । राष्ट्रियता, जनजिविका त राष्ट्रिय स्वाधीनता को विषय गौण बनाइएको छ।
कम्युनिस्ट आदर्शलाई व्यावहारिकतहमा उतार्ने ,जनताका सरोकारका विषयमा मा गम्भीर चासो दिइ र चरमरुपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गरि स्वादेशमा रोजगारीको सिर्जना गर्ने हो भने जनतालाई धेरै राहत हुने थियोे । तर भ्रष्टाचार , महङिग, कालोबजारी,दलालिकरण र शैक्षिक तथा मेडिकल माफियाकरणलाइ प्रसय दिने हर्कतहरु भैरहेकै छ्न; जसले कम्युनिस्ट शब्द प्रती आम मानिसहरुको वितृष्णा चरमरुपले बढेर जाने छ जसको फाइदा दलाल पुजिपतिहरुले लिने छ्न । फलस्वरूप नेपाल पचासौ बर्ष पछाडि धकेलिने छ । कम्युनिज्म समाजिक विज्ञान हो भने विज्ञानलाई कसैले रोक्न सक्दैन यसको अर्थ के भने प्रतिबन्ध कम्युनिस्ट पार्टिले उठाएका विषय नजायज , असान्दर्भिक र असम्भव किसिमका छैनन र कुनै पनि कोण बाट हेर्दा जनता र राष्ट्रको हितमा नै छ्न तर सत्ताको नशामा नेपाल र आमनेपाली जनताको भविस्यलाई नजर अन्दाज गर्ने कुरा गैरलोकतान्त्रिक र गैरजिम्मेवारपुर्ण हुन्छ भने सहि विचारलाई बन्देज गर्ने कुरा कुनै युद्ध को घोषण गर्नु भन्दा कम हुदैन यसर्थ कम्युनिस्ट सरकारले कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएर अघोषित युद्ध को घोषण गरेको छ जो दुइटैको लागि मात्रै होइन ,नेपाल र समग्र विश्वकम्युनिस्ट आन्दोलन कोलागी घातक र दुर्भाग्यपूर्ण कुरा हो । जनताको साथ र विचारलाई नेतृत्व गरेर अगाडी बढेको शक्ति चाहे जो सुकै होस विश्वको कुनै शक्तिले रोक्न सकेको इतिहास छैन यसले ले देशलाई युद्ध बाट बचाउन आम जनता , युवा,विद्यार्थी र र वुद्दिजिविसबैले आफ्नो ठाउँबाट पहल गर्नु आवश्यक छ ।बैज्ञानिक समाजवाद अब विश्वको एक मात्रै वैकल्पिक व्यवस्था हो जुन कुरा नेपालको सविधानले पनि बोलेको छ प्रतिबन्धत कम्युनिस्ट पार्टीले पनि बोलेको छ यसर्थ यो व्यवस्था नै नेपाल उज्ज्वल भबिस्यको ढोका हो।
लेखक नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठनका केन्द्रिय सचिवालय सदस्य हुन ।