आदरणीय स’हिद
अटुट सम्झना ! अविरल सम्झना !
हालसम्मलाई म ठिकै छु । महान् स’हिद तपाईं पनि आत्माको ब’लिदानमा पश्चाताप नगरी केही बेचैनीसहित बस्नुभएको होला भन्ने आशा गरेको छु । स’हिदहरूको अमरत्वको स्थायी सत्यको आलोकमा ज्युँदो मानिसको हैसियतले एउटा चिठी लेख्दैछु तिम्रो नाममा । मा’फ गर्नुहोला, म आफूमा उत्पन्न भावना र विचार अभिव्यक्ति सहजताका लागि ‘तिमी’ प्रिय शब्दद्वारा सम्बोधनको अनुमति चाहन्छु ।
प्रिय स’हिदहरू !
आज मेरो देशमा तिम्रो र’गतबाट खरिद गरिएको हाँसो हाँस्नेहरूको बिगबिगी छ । त्यसैले कहिल्यै तिमीलाई आफ्नो उ’त्सर्गमा थकथकी त लागेको छैन ? प्रश्नद्वारा रगरगी गर्ने मन लागेको छ ।
प्रिय स’हिद !
निरन्तर मेरो दिमागमा प्रतिबिम्बित तिमीलाई साक्षी राखेर सामान्य समझदारीपूर्ण विश्वासका साथ भन्न सक्छु– स’हिदको पवित्र उद्देश्य तत्कालीन समाजको यथास्थितिमा परिवर्तन गर्नु हुन्छ जुन परिवर्तनमा देश र जनताले सापेक्षिक राम्रो जीवन बाँच्न सकून् । यसका लागि यथास्थितिवादी, मू’र्ख, घ’मण्डी पहाडलाई कु’ल्चन आवश्यक आफ्नो अमूल्य जीवनको ब’लिदान गर्न तयार हुनु हो । स्पष्टतः नियन्त्रित र उ’त्पीडित मानव जातिको स्वतन्त्रता, समानता र समुन्नतिका लागि देश र जनताको पूर्ण मु’क्ति र सुन्दर नयाँ भविष्यका लागि हाँसीहाँसी जीवनको आ’हुती दिनु हो । आधारभूत रूपमा नेपाललाई सामन्तवाद र साम्राज्यवादको उ’त्पीडनबाट मु’क्त गर्नु हो । ठोस रूपमा नेपाललाई एक स्वतन्त्र र आत्मनिर्भर राष्ट्रको पहिचान दिनु हो जहाँ जनताहरूका आधारभूत आवश्यकताहरू पूरा हुँदै जाऊन् । कसैले पनि आफूलाई अ’पहेलित र दोस्रो दर्जाको नागरिक महसुस गर्न नपरोस् । मानिसहरूले तत्कालीन सामाजिक जीवनभन्दा अझ राम्रो जीवन बाँच्न पाऊन् । तिम्रो पिँढीले भोगेका सम’स्याहरू फेरि नदोहोरिऊन् । यो समस्या समाधानमा तिम्रो र’गत बग्यो । सकेसम्म अरूले पुनः र’गत बगाउनु नपरोस् । तर आजको परिवर्तनले तिम्रो शिर उँधोमुन्टो पारेर बेस्सरी गिज्याइरहेको छ । समस्याहरू स’ङ्कटउन्मुख छन् । देश र जनताहरूले पुरानै समस्याको भुमरी भोग्दैछन् जुन भुमरीको वेग र अन्धकारले मानिसहरूलाई त’र्साउँदै र छोप्दै लगेको छ । यो स्थितिमा तिम्रो महानता र अमरत्वमा प्रश्न उठ्दैछ । सम्मान र सम्झना केवल कर्मकाण्डीय औपचारिकता बन्न पुगेको छ । वास्तवमा शासकका लागि तिमी स्वयम् अत्यधिक नाफामूलक एक बिकाउ मालमा पो फेरिएका छौ । हो, साँच्चै स’हिद तिम्रो र’गतको सौदा गरिँदैछ । हो, यहाँ जनताको आँ’सु र पसिनाको लाखौँलाख बेरोजगार युवाहरूको, देशको स्वाभिमानको, कालापानी र सुस्ताको, राजनीतिक र आर्थिक क्रा’न्तिलगायत परिवर्तनका नारा र एजेन्डा सबैसबै व्यापार मात्र भैरहेको छ । खासमा राजनीति एक फस्टाउँदो व्यवसाय बनेको छ । यो सत्य उजागर गरी कहिलेकहीँ मन अमिलो भई निचोरिएर आँखाले आफ्नै भाषा बोल्दै जीवनको आभास दिए पनि वास्तविक जीवन नभएको महसुस हुन्छ । ज्युँदो ला’ससरह हुन्छ । तर मैले ज्युँदो ला’समाथि टेकेर शासकलाई निर्बाध अगाडि बढ्न दिएको छैन ।
बरु गर्वका साथ भन्न मन छ फेरि, स’हिदहरूको महान् आदर्शमा दृढतापूर्वक उभिएको छु । तिम्रा अधुरा सपना पूरा गर्न तिमो मार्ग अनुसरण गरेको छु । तिमो र’गतबाट खरिदिएको हाँसो हाँस्नेहरूमाझ एक नयाँ चु’नौती बनेर उठेको छु । महान् जनयु’द्ध स’हिदको रगतको खेती त थिएन तर बनाइयो । जसरी मानवहरूमा स’हिद एक सर्वोत्कृष्ट मानव हो, ठीक त्यसरी महान् जनयु’द्धका स’हिदहरू पनि सर्वोत्कृष्ट मानिस नै हुन् तर विडम्बना ! ती स’हिद भैसकेका छैनन् । राज्यले स’हिद मानेकै छैन, बरु स’हिद बनाउनेहरू पनि स’हिद छन् । यसको पङ्क्तिमा भिरबाट ल’डेका र गाडीबाट कु’ल्चिएका सहभागी छन् । यो दलाल पुँजीवादको खास विशेषता पनि हो । अनि स’हिदहरूका सन्ततिहरूको गु’नासो र असन्तुष्टि पोखिएको छ । जसले परिवर्तनका खातिर आफ्नो अमूल्य जीवनको आ’हुती दिए उनकै सन्ततिहरूलाई पनि सम्बोधन गरी सन्तुष्टि दिन नसक्ने परिवर्तनले अझ जनतालाई खुसी दिन सक्ला भनेर कसरी विश्वास गरौँ ? तत्कालीन जनयु’द्धको मूल नेतृत्वको विचलन र पलायनले सहिदको परिभाषा खण्डित र वि’कृत बनाएको छ । स’हिदलाई एक बिक्रीको वस्तुमा परिणत गरिदिएको छ । अब स’हिद, बे’पत्ता परिवारका सम’स्याहरू, घा’इते यो’द्धाका दुःख–पीडाहरू, भुइँ तहका कार्यकर्ता र जनताका सम’स्याहरू केवल विज्ञापन र व्यापारका वस्तुहरू बनेका छन् । यहाँ वस्तुहरू र बातहरू (कुराहरू) को द’लाली खुबै मौलाएको छ । यी यस्तै स’मस्या देखाएर नवधनाढ्यले चुनाव जित्ने भर्याङ मात्र बनाउँदैछन् । जनयु’द्धताका आ’लोचकहरूले लगाएको स’हिदको खेतीको आ’रोपलाई सही साबित गर्ने आधार प्रदान गरेको छ ।
ओ ! प्रिय सहिद !!
अन्त्यमा यति मात्र भन्नु छ मैले– नेपालमा स’हिदको व्यापार गर्ने मात्र छैनन् । तिम्रो र’गतबाट साटिएको हाँसो हाँस्नेहरू मात्र छैनन् । तिम्रो आदर्शको आँसु पिएर बाँ’च्नेहरू पनि छन् । तिम्रा अधुरा सपना पूरा गर्न फेरि मो’र्चा कस्नेहरू पनि छन् जुन तिम्रो सपना पूरा हुँदा साँच्चीको नयाँ, वैज्ञानिक, सुन्दर र नयाँ संसार प्राप्त हुनेछ । त्यसैले आफ्नो ब’लिदानको कहिल्यै पश्चा’ताप नगर्नू, बरु मार्गदर्शक बनिरहनू क्रा’न्तिकारीका लागि । आफन्तहरूलाई ढाडस दिँदै भन्नू– धैर्य गरे, जति नै दुःख भए पनि स’हिदको र’गत र गरिबको आँ’सुको सौदा गर्नेहरूका सामु आँ’सु नपोख्नू, बरु अर्को क्रा’न्तिका लागि सोच्नु अनि प्रतिक्रा’न्तिकारीलाई चुनौती दिनू र भन्नू– अवश्य एक दिन तिम्रो प’तन हुनेछ जसको कारण तिम्रो उत्थानमा बगेको हाम्रो र’गत र जनताको आँसु बन्नेछ ।
प्रिय सहिद ! प्रतिक्रा’न्तिको दबाबमा परेर अब तिमीले निरा’शा र वि’वश आफन्तहरूलाई सपनीमा आएर मेरो काज’किरिया गर नभन्नू, बरु अधुरो जनक्रा’न्ति पूरा गर भन्नू । विपनामा क्रा’न्तिकारीका लागि मार्गदर्शन बनिरहनेछौ भन्ने पूर्ण आशासहित अहिलेलाई यति नै ।
उही तिम्रो शुभचिन्तक
भरत बम ‘रणवीर’
हाल बर्दिया का’रागार
फागुन, २०७६ (स’हिद सप्ताह)