logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

क्रीकेटमा नेपालको विश्व रेकर्ड रोहित पौडेल बने अर्धशतक बनाउने विश्वकै कान्छो ब्याट्सम्यान


  • खेल ब्यूरो
  • शनिबार, माघ १२ २०७५

आज माघ १२ गते शनिबार युएईविरुद्धको खेलमा अर्धशतक बनाउँदै रोहित पौडेलले नयाँ विश्वकिर्तिमान राखेका छन् । उनी १६ वर्ष १४६ दिनको उमेरमा अर्धशतक पूरा गर्दै अर्धशतक बनाउने विश्कै सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

जनवरी २६ अर्थात आज उनले ५८ बलमा सात चौकाको मद्दतमा ५५ रन बनाएका थिए । यसअघि टेस्ट क्रिकेटमा यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो । तेन्दुलकरले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्ध अर्धशतक बनाएका थिए । एकदिवसीय क्रिकेटमा यो रेकर्ड पाकिस्तानका सहिद अफ्रिदीको नाममा थियो । उनले १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए ।

उनी कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने संसारकै चौथोँ कम उमेरका खेलाडी पनि हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार