logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

इंग्लिस प्रिमियर लिग : शिर्ष स्थानमा म्यानचेस्टर सिटी ! हेर्नुस अरु खेलको नतिजा


  • राजनीति
  • आइतबार, चैत्र १७ २०७५

इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फुल्हमलाई हराउँदै म्यानचेस्टर सिटी उक्लिएको छ ।म्यान्चेस्टर सिटीगएराती भएको खेलमा २–० ले विजयी भयो । सिटीको जितमा बर्नार्डो सिल्भा र सर्जियो अगुएरोले एक एक गोल गरे ।जितसँगै सिटीले ३१ खेलबाट ७७ अंक बनाएको छ । दोस्रो स्थानको लिभरपुलेको ७६ अंक छ ।प्रिमियर लिग फुटबलमा गएराती भएको अर्को खेलमा म्यान्चेष्टर युनाइटेडले वाट्फोर्डलाई २–१ ले हराएको छ ।युनाइटेडको जितमा मार्कस रासफोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । वाट्फोर्डका लागि डोकोरेले एक गोल फर्काए ।जितसँगै म्यान्चेस्टर युनाइटेड ३१ खेलबाट ६१ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।गएराती भएका अन्य खेलहरुमा साउथह्याम्टन, बर्नले, क्रिष्टल प्यालेस र लेस्टर सिटी विजयी भएका छन् ।साउह्याम्टनले ब्राइटनलाई १–० ले हराउँदा बर्नलेले वुल्भरह्याम्टनमाथि २–० को जित निकाल्यो ।यसैगरी क्रिष्टल प्यालेसले हडर्सफिल्ड टाउनलाई २–० ले हराउँदा लेस्टर सिटीले बर्नमाउथमाथि २–० कै जित निकाल्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार