राजनीति
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ ।
अवे मैदानमा भएको खेलमा रेलिगेशनमा परेको हडर्ल्सफिल्ड टाउनलाई लेस्टर सिटीले ४–१ ले हराएको हो । लेस्टरको जितमा जेमी भर्डीले दुई तथा टिएलेम्यान्स र म्याडिसनले एक एक गोल गरे । हडर्ल्सफिल्डका लागि मूयले पेनाल्टी मार्फत एक गोल फर्काए ।
अर्को खेलमा बर्नलीले बोर्नमाउथलाई ३–१ तथा क्रिष्टल प्यालेसले न्युक्यासललाई १–० ले हराएका छन् ।