logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

इंग्लिस प्रिमियर लिग: टोटनहमलाई एक-शून्यले हराउँदै म्यानचेस्टर सिटी बिजयी


  • राजनीति
  • शनिबार, बैशाख ७ २०७६

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामलाई एक शुन्यले हराउँदै म्यानचेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एतिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा युवा खेलाडी फिलिप फोडेनको एकमात्र गोल निर्णायक बन्यो । खेलको पाँचौ मिनेटमा नै सर्जियो अगुइरो पासमा फोडेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि सिटीले दुईवटा मौका पाए पनि थप गोल गर्न सकेन भने टोटनहम पनि खेलमा फर्कन सकेन ।

जितसँगै सिटीले ३४ खेलबाट ८६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ८५ अंक छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार