logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेपालका प्रिन्सले जिते अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा रजत


  • राजनीति
  • आइतबार, बैशाख १५ २०७६

थाइल्याण्ड- अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपालका युवा खेलाडी प्रिन्स दाहालले रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैंककमा आइतवार भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् ।

फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग २–० सेटले पराजित भए । उनले पहिलो सेट १५–२१ अंकले तथा दोस्रो सेट १३–२१ अंकले गुमाएको बैंककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए । यसअघि शनिवार भएको सेमिफाइनलमा प्रिन्सले भारतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा हराएका थिए । उनले २१–९ र २१–१३ अंकले उक्त खेल जित्दै फाइनमा स्थान बनाएका थिए । विभिन्न उमेर समूहको उक्त प्रतियोगितामा २२ देशका खेलाडीको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार