logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीले लगातार दोस्रो सिजनको उपाधि जिते


  • एजेन्सी
  • सोमबार, बैशाख ३० २०७६

म्यानचेस्टर सिटीले लगातार दोस्रो सिजन इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।

लिभरपुललाई एक अंकले पछि पार्दै सिटीले उपाधि जितेको हो । ३८ खेलबाट सिटीको ९८ तथा लिभरपुलको ९७ अंक भएको छ ।

आइतबार राति भएको सिजनको अन्तिम खेलमा अवे मैदानमा ब्राइटनलाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले उपाधि पक्का गरेको हो ।

हिजोको खेलमा पहिलो अग्रता भने ब्राइटनले लिएको थियो। खेलको २७ औँ मिनेटमा ग्लेन मुरेले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।

ब्राइटनको सो अग्रता १ मिनेट पनि टिकेन।

सर्जियो अग्युरोले म्यानचेस्टर सिटीका लागि २८ औं मिनेटमै बराबरी गोल गरे । सो अग्रतालाई म्यानचेस्टरले ३८ औँ मिनेटमा दोब्बर पार्‍यो। सो गोल गोल इमरिक लेपोर्टले गरेका थिए।

पहिलो हाफ २-१ को नतिजामा सकेको म्यानचेस्टरले दोश्रो हाफामा थप दुई गोल गर्‍यो। उसका लागि ती गोल रियाद महरेजले ६३ र इल्कायी गुन्डोगानले ७२ औँ मिनेटमा गोल गरे।

जितसँगै म्यानचेस्टर सिटी पछिल्लो १० वर्षमा लगातार दुई सिजन प्रिमियर लिगको उपाधि जित्ने पहिलो टिम पनि बन्यो । १० वर्षअघि पनि म्यानचेस्टर युनाइटेडले लगातार उपाधि जितेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार