logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सन्दीप लामिछानेले किनेका नयाँ बाइक बिएमडब्लुको,यस्तो छ मुल्य र विशेषता


  • राजनीति
  • बुधबार, जेष्ठ १ २०७६

पोखरा- यूवा लेग स्पिनर सन्दीप लामिछानेले नयाँ बाइक किनेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर आइतबार स्वदेश फर्किएका लामिछानेले झन्डै १० लाख खर्चेर नयाँ बाइक किनेका हुन।

मंगलबार उनले सामाजिक सञ्जालमा आफ्नो परिवारमा नयाँ सदस्य थपिएको भन्दै बाइकको तस्बिर सार्वजनिक गरेका छन् । बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको उक्त बाइकको नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्छ ।

बिएमडब्लुको आधिकारिक बिक्रेता हिमालयन मोटराड नारायणचौर नक्सालका व्यापार प्रतिनिधिले विजेश थापाका अनुसार सन्दीपले सोमबार सोही सो रूमबाट बाइक किनेका हुन् ।

गत वर्ष पहिलो पटक आईपीएल खेलेका सन्दीप त्यसपछि संसारभरका टि–ट्वान्टी लिगमा छाएका थिए। यसपटक दिल्लीबाट उत्कृष्ट प्रदर्शन गर्न नसके पनि उनको टिम तेस्रो बनेकाले सन्दीपले २० लाख पारिश्रमिकसहित झन्डै ५५ लाख रूपैयाँ पाउने भएका छन् ।

बीएमडब्लू कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको बाइक किनेसँगै मंगलबार फेसबुकमा ‘परिवारमा नयाँ सदस्य’ थपिएको भन्दै उनले आफ्नो नयाँ बाइकको फोटो सार्वजनिक गरेका छन् । यसअघि टाटा मोटर्सले उनलाई ब्रान्ड एम्बेस्डर बनाउँदै टिगोर कार उपहार दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार