logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गण्डकी प्रदेश सरकारले पोखरा क्रिकेट मैदानमा पेभिलियन निर्माण गरिदिने


  • राजनीति
  • शुक्रबार, असार २० २०७६

पोखरा- गण्डकी प्रदेश सरकारले पोखरा क्रिकेट मैदानमा पेभिलियन निर्माण गरिदिने भएको छ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहितको टोलीले बिहीबार मैदानमै पुगेर अवलोकन गरेका थिए। टोलीमा प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, प्रदेशको संसदको विकास समितिका सभापति दीपक कोइराला पनि थिए।

आगामी मंसिरभित्र मैदानमा आवश्यक पर्ने पेभलियन र आवश्यक भौतिक पूर्वाधान बनाउने भएको हो। मैदानका लागि प्रदेश आगामी आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट छुट्याएको छ।

यस्तै पोखरा प्रिमियर लिगको आयोजक संस्था क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामासहित राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल पनि उपस्थित थिए।

गत वर्ष मैदानमा पोखरा प्रिमियर लिग आयोजना भएको थियो। त्यतिबेला आयोजकले आफ्नै खर्चमा मैदान मर्मत गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार