logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महिला ह्याण्डबलको उद्घाटन खेलमा नेपालको सुखद् शुरुवात


  • राजनीति न्युज डेक्स
  • बुधबार, मंसिर १८ २०७६

१३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल खेल शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको हो ।नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन् । उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन् । त्यसपछि कविता राईले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन् । नेपालको निशा राई र कल्पना वलीले समान ४ गोलको योगदान गरिन् । कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरे । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदा दिए ।
उता, श्रीलंकाको तर्फबाट भने रुवानी डीले सर्वाधिक ७ गोल गरिन् । त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदान दिए । हार्सिका उदय र दिलुक्सी एमले समान २ गोल गरे । उमासिका र चानिकले समान १ गोलको योगदान दिए । विजेता नेपालको तर्फबाट निषा राईले टोलीका लागि गोलको खाता खोलेकी थिइन् । त्यसपछि कविता राईले टोलीलाई अग्रता दिलाए । श्रीलंकाको तर्फबाट भने जयासिंघे अराच्चिगेले गोलको खाता खोलेकी थिइन् । लोकुरु वाडुभिडानालागे नाडेले दोस्रो गोल गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार