logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१३ औं साग पोखरा : महिला ह्याण्डबलको सेमीफाइनलमा नेपाल, बंगलादेश, भारत र पाकिस्तान


  • आश तमु
  • शुक्रबार, मंसिर २० २०७६

१३ औं साग अन्तरगत महिला ह्याण्डबलको सेमीफाइनलमा आयोजक नेपाल, बंगलादेश, भारत र पाकिस्तान पुगेका छन ।

समूह ए बाट भारत समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमीफाइनल पुगेको हो । समूह बी बाट नेपाल समूह विजेता र बंगलादेश उपविजेता बन्दै सेमीफाइनल पुगेको हो ।
सेमीफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश फाइनलका लागि भिड्नेछन् ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई ४५–२४ ले हराउदै समूह बिजेता बन्यो । समूह ए को माल्दिभ्स भने भारत र पाकिस्तानसग हार्दै विहीबार नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

समूह बी अन्तरगत समूह चरणको अन्तिम खेलमा बंगलादेशले श्रीलंकामाथि ३४–१३ गोलको जित निकालेर समूह उपविजेता बन्दै सेमीफाइनल पुगेको हो । नेपालले भने श्रीलंका र बंगलादेशसगको लगातार दुई खेल जित्दै समूह चरणको विजेता बनेर सेमीफाइनल पुगिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार