पोखरा- जारी १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तरगत आज सोमवार महिला फुटवलतर्फ स्वर्ण पदकको लागी नेपाल र भारत प्रतिस्पर्दा गर्दै छ।१३ औ साग प्रचार प्रसार समितिले एक सुचना जारी गर्दै समयमै टिकट लिएर प्रवेश गर्न अनुरोध गरेका छन।भोली सोमवार दिउसो १ बजे खेल सुरु हुने बताउदै १२:४५ बजे पछी टिकट बन्द हुने बताएका छन।
भोली हुने खेलमा टिकट दर २०० रुपैया तोकिएको छ। आज हुने फाइनल खेलमा सुरक्षा र व्यवस्थापनलाई मध्यनजर गरी पोखरा रंगशाला स्थित फुटबल मैदान स्थित दर्शक दिर्घामा सिट नम्बर राखिएको छ । नेपाल र भारत विच हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने महिला फुटबल हेर्न दर्शकको चापलाई थेग्न सिट नम्बर राखिएको हो ।
निर्माणाधिन रंगशालामा करिब ६ हजारको संख्यमा रहेका कुर्चीहरुमा नम्वर तोकिएको छ छ भने टिकटमा समेत कुर्चीको नम्बर उल्लेख गरिएको स्रोत साधन परिचालन समितीका संयोजक संजिब बहादुर कोईरालाले बताएका छन । नेपाल र भारत विच हुने खेलमा ४ हजार टिकट मात्रै विक्रि गरिने भएको समितीले जनाएको छ ।तिन दिन अधि भएको राउण्ड रोविन लिग अन्तरगत भएको नेपाल र भारत विचको खेलमा अत्याधिक दर्शकको चापले एक घन्टा अगावै टिकट विक्रि समेत बन्द गरिएको थियो । टिकट नम्बर राख्नाले दर्शक हरुलाई समेत सहज हुने संयोजक कोइरालाले बताए ।
‘यो सबै व्यवस्थित गर्न गरिएको हो’ उनले भने–‘नेपाल र भारत विचको खेलमा दर्शकको चाप हुन्छ, सबैलाई सहजता होस र खेल हेर्न पाउन भन्ने हाम्रो चाहना हो ।’