logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ७ हजार स्वदेशी बिदेशी खेलाडी सहभागी ,प्रथम हुनले २ लाख


  • राजनिती न्युज डेस्क
  • सोमबार, पुष १४ २०७६

पोखरा- हरेक बर्ष गरिने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको चौधौं संस्करणमा भूतपूर्व खेलाडी मञ्चले ७ हजार स्वदेशी तथा बिदेशी खेलाडी सहभागी गराउने लक्ष्य रहेको बताएका छन।

आज सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भूतपूर्व खेलाडी मञ्च पोखरा अध्यक्ष तेजबहादुर गुरुङले प्रतियोगिताम चीन, जापान, भारत लगायतका धावक सहभागी हुने जानकारी दिए। अध्यक्ष गुरुङले कुल ४२।१९५ किमीमा हुने म्याराथनमा विभिन्न २८ विधामा धावकलाई पुरस्कृत गरिने जनाए । ‘म्याराथनमा दृष्टिविहीनदेखि शारीरिक अपांगता भएकालाई पनि छुट्टै व्यवस्था गरिएको उनले बताए।

म्याराथनमा प्रथम हुनले २ लाख, द्वितीयले १ लाख र तृतीय ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक अन्य विभिन्न विधा गरेर कुल ५ लाख ३२ हजार रुपैयाँ पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
१० किमी पुरुष तथा महिलाको दुवै इभेन्ट्सतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ५ हजारले पुरस्कृत गरिनेछ ।

५ किमी छात्र तथा छात्रामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, ७ हजार, ४ हजार तथा ह्वील चियर पुरुष÷महिला एवं दृष्टिविहीन पुरुष÷महिला विधामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार दिइनेछ । आयोजकका अनुसार प्रतियोगिताको लागि ३५ लाख ३२ हजार खर्च हुनेछ । जसमा पुरस्कारमै ५ लाख ३२ हजार लाग्नेछ ।

लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरीको उत्पादन सफल दूधको प्रायोजनमा हुने सो प्रतियोगिको १ मिनेटको उत्कृष्ट भिडियो क्लीप बनाउनेलाई समेत पुरस्कार व्यवस्था गरिएको छ । म्याराथनले भिजिट नेपाल २०२० को समेत प्रवद्र्धन हुने आयोजकको अपेक्षा छ । दौडमा भाग लिनेले फागुन १ सम्म दर्ता गरिसक्नुपर्नेछ ।

प्रतियोगितामा भाग लिन विदेशीले १० डलर, नेपालीले ६ सय र १ सय रुपैयाँ तिरेर नाम दर्ता गनुपर्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार