logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माेहमद रिजवान नायक बनेपछि पाकिस्तानसंग ६ विकेटले श्रीलंका पराजित


  • राजनीति
  • मंगलबार, असोज २३ २०८०

भारतमा जारी विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले हराएको छ ।

खेलका श्रीलंका र पाकिस्तानका २-२ ब्याट्सम्यानले शतक बनाएका थिए । तर पाकिस्तानका माेहमद रिजवान र अब्दुल सफिकले शतक बनाएपछि उसले ३४५ रनको लक्ष्य खेल सकिन १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने मोहमद रिजवान १३१ रनमा नट आउट रहे । १२१ बल खेलेका रिजवानले ८ चौका र ३ छक्का हाने ।

यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाका कुशल मेन्डिसले १२२ तथा सदिरा समराविक्रमले १०८ रन बनाएका थिए ।

मेन्डिसले मात्र ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन बनाएका हुन् । ८९ बल खेलेका सदिराले भने ११ चौका र दुई छक्का हानेका थिए ।

यी दुई तेस्रो विकेटका लागि १११ रनको साझेदारी पनि गरेका थिए ।

सदिरा ब्याटिङमा आउनुअघि मेन्डिसले ओपनर पथुम निसंकासँग दोस्रो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए । तर पनि श्रीलंका पराजित भयो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार