logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बार्सिलोनाले इस्पानियोललाई हरायो मेस्सीको गोलले


  • राजनीति
  • आइतबार, चैत्र १७ २०७५

पोखरा- स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले इस्पानियोललाई २–० ले हराएको छ ।घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन दुबै गोल कप्तान लियोनल मेस्सीले गरे ।खेलको ७१ औं मिनेटमा पहिलो गोल गरेका मेस्सीले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।यो सँगै मेस्सीले जारी सिजनमा ४० गोल पुरा गरेका छन् । गएरातीको जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा १४ अंकको अग्रता बनाएको छ ।बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ ।एक खेल कम खेलेको रियाल मड्रिड ५४ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार