राजनीति
जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाल रिहा भएका छन् । सर्वोच्च अदालतको दोस्रो पटकको आदेशमा हमाल रिहा भएका हुन् ।
बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै पत्रकार हमाललाई अदालतले छाड्ने आदेश दिएको हो ।
पोखरामा क्रियाशिल चिरपरिचित पत्रकार ओम हमाललाई प्रहरीले दुइ पटक गिरफ्तार गरेको थियो । यो भन्दा अगाडी सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको भएता प्रहरीले अदालतको गेट बाहिर बाट उनलाइ गिरफ्तार गरेको थियो ।
हमाललाइ गत भाद्र ६ गते पोखरा बाट गिरफ्तार गरेको थियो । उनि गिरफ्तारको लगत्तै नेपाल पत्रकार महासंघ कास्कीले बिरोध जनाएको थियो । पोखरा लेखनथबाट प्रकाउ परेका हमाल जनसञ्चार डटकम का प्रकाश तथा सम्पादक हुन ।