राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दाङको २३ औं जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ ।
शैक्षिक माफिया दलाली तथा प्रतिबन्धको विरुद्ध विद्यार्थी आन्दोलन ! शैक्षिक समानता तथा वैज्ञानिक समाजवादको पक्षमा २३औं दाङ जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ अनिल केसीको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्मेलन भव्यरुपमा शुक्रबार दाङमा सम्पन्न भएको छ ।
अध्यक्षमा अनिल केसी, उपाध्यक्षमा अमर खड्का, सचिवमा खुमन पौडेल, सहसचिवमा सरद खत्रीलाई सर्वसम्मत निर्वाचित गरिएको छ ।
अखिल (क्रान्तिकारी) दाङ जिल्लाको सम्मेलन कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थी क्षेत्र उत्पादनको महत्वपूर्ण स्रोत भएकोले देशको आमूल परिवर्तनकालागि एकीकृत जनक्रान्तिमा योगदान गर्न आह्वानसमेत गरेका छन् ।