logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बिद्रोही नेता गुरुङकाे निधन


  • राजनीति
  • सोमबार, पुष ६ २०७७

विद्राेही विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य मकर गुरुङको निधन भएको छ ।

कोरोना संक्रमण पछी गुरुङलाई काठमाडौंको सिनामंगल स्थित केएमसीमा भर्ना गरि उपचार गराइरहेको अवस्थामा मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गुरुङ झापा आन्दोलन, कोरडिनेशन केन्द्र, माले हुँदै माओवादी आन्दोलनमा सहभागी भएका थिए । नेपाल कम्युनिस्ट पार्टीको थवाङमा सम्पन्न आठौं महाधिवेशनबाट पार्टीको बैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

केही समय अघि पार्टीले उनलाई केन्द्रीय जिम्मेवारी बाट खुला राजनीतिक मोर्चाको जिम्मेवारी दिईएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार